Play

प्रजातन्त्र दिवसमा बिशाल बजारमा झन्डोत्तोलन, ब्यबसाय टिकाउनु अहिलेको चुनौती

गुरुकुल खबर


पोखरा, पोखराको महेन्द्रपुल स्थित बुद्व विशाल बजारमा ब्यापार गर्नेहरुको संस्था बुद्ध बिशाल बजार व्यापारिक एशोसियसन पोखराले प्रजातन्त्र दिवसको सन्दर्भ पारेर एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तलन गरेको छ ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशव बहादुर खत्रीले झन्डोत्तोलन गर्दै फागुन ७ गते प्रजातन्त्र दिवस नेपालीहरूको लागी विशेष दिन भएको बताउदै नेपाली झन्डाको महत्व र ईतिहासको बारेमा चर्चा गरे ।

आफू एशोसियसनको नेतृत्वमा रहंदा नै प्रजातन्त्र दिवसको सन्दर्भमा बिभिन्न कार्यक्रम गर्ने गरेको स्मरण गर्दै खत्रीले अहिले सबै क्षेत्रमा आर्थिक मन्दी बढेकोले आफ्नो व्यवसाय टिकाउनु नै व्यवसायीको मुख्य चुनौती रहेको बताए। उनले आर्थिक मन्दीका कारण संकटमा परेका ब्यबसायीलाई  टिकाउन घरधनीहरुले घरभाडा बढाउन नहुनेमा जोड दिए ।

कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देलले बुद्व विशाल बजारका व्यवसायीहरूको लागि पनि आजको दिन एतिहासिक भएको हुदा व्यापारिक एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झण्डाको झण्डोत्तलन गरिएको बताए ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष बुद्वि वहादुर कुँवर, महासचिव राजु केसी लगायतले संस्थाका बिबिध गतिबिधिको बारेमा प्रकाश पारेका थिए।

त्यस अवसरमा एशोसियसनका कार्यसमिति सदस्य ईन्द्रमाया गुरूङले आफ्ना ससुरा स्व. शमसेर बहादुर गुरूको स्मृतिमा एशोसियसनकाे छात्रवृत्ति कोषको लागि पाँच हजार अध्यक्ष अर्याललाई हस्तान्तरण गरेकी थिईन ।  हरेक बर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अबसरमा उनले स्वर्गीय ससुराको स्मृतिमा एशोसियसनकाे छात्रवृत्ति कोषमा रकम सहयोग गर्दै  आएकी छन् ।

७ फाल्गुन २०८१, बुधबार १७:२२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा