Play

स्वास्थ्यमन्त्री पौडेलद्वारा पोखराको प्रादेशिक आर्युवेद चिकित्सालयको भवन निर्माण स्थलको अबलोकन

गुरुकुल खबर


पोखरा, नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले प्रादेशिक आर्युवेद चिकित्सालयको भवन निर्माण स्थलको विहिबार निरिक्षण गरेका छन। पोखरा महानगरपालिका वडा नं. २६ को चापाकोचौर भन्ने स्थानमा संघिय सरकारले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण गर्न लागेको हो ।

सुविधा सम्पन्न एक सय शैयाको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाउन लागेको छ । यसका लागि चालु आर्थिक बर्षमा दश करोड रुपैया विनियोजन भएको छ ।

जग्गाको निरिक्षण पछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका हिसाबले निर्माणस्थल राम्रो रहेको उल्लेख गर्दै, चिकित्सालयको प्रारंभिक वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन छुट भएको पाएपछि त्यसलाई पनि टेन्डर प्रक्रियाद्धारा सेवाप्रदायक संस्था छनौट गरी तयार गरिएको जानकारी दिए ।

मन्त्री पौडेलले विनियोजन भएको दश करोड रुपैया अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेलगत्तै सम्पूर्ण प्रक्रिया पुरा गरी निर्माणको बोलपत्र आब्हान गरिने उल्लेख गर्नुभयो । एक सय शैयाको चिकित्सालय निर्माणका लागि स्थानीय समुदायसँग सहकार्य गरी २५ रोपनी जग्गा उपलब्ध गराईएको र थप दश रोपनी जग्गाका लागि सुनिश्चितता गरिएको पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए।

अध्यक्ष थापाका अनुसार यसअघि २५ शैयाको चिकित्सालय निर्माण गर्ने तयारी भएकोमा प्रदेश सरकारले नै संघीय सरकारलाई सय शैयाको चिकित्सालय निर्माणका अनुरोध गर्दै उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

संघीय सरकारले सातै प्रदेशमा एक/एक वटा प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो । चिकित्सालय निर्माणका लागि ६० करोड रुपैयाको लागत अनुमान रहेको छ ।

शिक्षासेवी रवि बरालले तीन दशक अगाडी सुकुम्बासीका नाउँमा अतिक्रमण हुन लागेको जग्गालाई स्थानीयले जोगाएर राखेको उल्लेख गर्दै चिकित्सालय निर्माणको कार्यलाई शिघ्रता दिन मन्त्री पौडेललाई आग्रह गरे । बरालले निर्माणस्थलको वातावरण राम्रो रहेको उल्लेख गर्दै, स्थानीय समुदाय समेत सकारात्मक भएकाले चिकित्सालय निर्माणका लागि सहज भएको बताउनु भयो ।

स्थानीय कुलदिप बरालले चिकित्सालय निर्माणका लागि ३५ रोपनी जग्गा व्यवस्थापन गरिएको उल्लेख गर्दै कहि कतै अवरोध नभएकाले चाडो प्रक्रिया अगाडी बढाईदिन आग्रह गरे ।

चिकित्सालयमा शिरोधारा, साउना वाथ, स्टीम वाथ, ज्याकुजी, अंकुपंचर, नेचुरोप्याथिक, योग लगायतका सेवा उपलब्ध हुने गण्डकी आर्युवेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जानकारी दिए । पञ्चकर्म सेवाका लागि भिआईपी डिलक्स, र डिलक्स गरी पाँचवटा भिल्ला तयार गरिने डा. गौतमले बताए।

नसर्ने रोगबिरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको अपिल

२ फाल्गुन २०८१, शुक्रबार १०:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा