Play

कांग्रेसको प्रशिक्षण बिभागको निर्देशकमा पोखराका पौडेल

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको (प्रशिक्षण तर्फ) को निर्देशक पदमा कास्कीका डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।

उनि कास्कीको पोखरा महानगरपालिका -२२ पुम्दीका हुन । नेपाली काँग्रेसको यस अगाडी सम्पन्न १४ औं महाधिबेशनमा पौडेल महाधिबेशन प्रतिनिधि निर्बाचित भएका थिए त्यस्तै (अनुसन्धान तर्फ) को निर्देशक पदमा चितवनका डा. सञ्जय महतो थारू नियुक्त भएका हुन् ।

नेपाली काँग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित प्रतिष्ठानमा उनीहरूलाई धारा ३६ (घ) बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

३० माघ २०८१, बुधबार १८:१६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा