पोखरा, पोखराका युवा पर्यटन ब्यबसायी एबम नेपाली काँग्रेस पोखरामहानगर समितिका सचिब गणेश बहादुर थापाले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई नगरबाशीले तिरेको करलाई अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै मेयरको कार्यशैलीको आलोचना गरेका छन ।
केहि समय अगाडी तामझामका साथ पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएको र अब केहि दिनमा पोखरा भ्रमण बर्ष -२०२५ घोषणा गर्ने तयारी भैरहेको भन्दै उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पोखरामा के परिबर्तन भयो ? अब फेरी के होला ? भन्ने प्रश्न गर्दै उनले मेयर आचार्यलाई आंफुले चलाख र सफल लगानीकर्ता, लगानीको प्रतिफल निकाल्न सक्ने एक पुँजीपतिको रुपमा चिनेको उल्लेख गरेका छन ।
उनले दुई किसिमका मानिसले समाज बिगार्ने कुरा उल्लेख गर्दै ‘एक थरि मानिस, जसले बुझेका छन तर बोल्दैनन र अर्को थरि मानिस जसले बुझेका हुन्नन तर नबुझे पनि बोलिरहन्छन’ भन्दै मेयर र महानगरबाशी प्रति ब्यङ्ग पनि गरेका छन ।
सामाजिक संजाल फेसबुकमा थापाले भनेका छन मेयर आचार्यले अनाबश्यक र अनुत्पादक क्षेत्रमा गरेको खर्चको हिसाब किताब महानगरबाशीले खोज्नुपर्ने बेला आएको छ ।
उनको फेसबुकमा लेखेको कुरा यस्तो छ ।
२८ Trillion USD भन्दा बढि GDP भएको संयुक्त राज्य अमेरिका का जनताका प्रतिनिधि, विधायिक र जनताहरु १००० USD खर्चका हिसाब खोज्दैछन । आफुले तिरेको करलाई अनुत्पादक क्षेत्रमा लगानी गर्न रोक लगाउदै छन । सरकार सग फजुल खर्चको हिसाब माग्दैछन ।
पोखराबासी र नेपालका जनताले तिरेको कर पोखरा महानगरका मेयरले आफ्नो रवाफ देखाउन अनुत्पादक र पोखरा लाई पर्यटनको राजधानी घोषणा गर्ने जस्तो कार्यक्रमका लागि खर्च गरे । अब फेरी पोखरा भ्रमण बर्ष २०२५ घोषणा गर्न हौसिएका छन ।
अधिकार प्राप्त व्यक्तिले राष्ट्रको सम्पत्ति जुनबेला चाहे त्यहिबेला विना योजना सनकी पाराले खर्च गर्न पाउने नै हो त? हिजो पोखरालाई पर्यटकको राजधानी घोषणा गर्दा पोखराले के पायो र केहि दिनमा पोखरा पर्यटन बर्ष २०२५ घोषणा गरे पछि पोखराले के पाउदै छ? लेखाजोखा गर्ने कि नगर्ने ? खर्च र आम्दानीको हिसाबकिताब महानगरबासी र सारा नेपाली जनताले गर्ने कि नगर्ने ?
म मेयर र जनप्रतिनिधिको कामको विरोधी हैन । म मेयर धनराजलाई एक चलाख र सफल लगानीकर्ता का रुपमा चिन्छु। मेयर सग बहुमत मान्छे भन्दा धेरै Financial Management skill, investment plan and return on investment को ज्ञान रहेछ। यहि योग्यता र क्षमताले आज पोखराको गनिने पूजिपतिको दर्जामा मेयरले आफुलाई उभ्याउनु भएको छ।
मेयर, तपाई आफ्नो ज्ञान र आत्मलाई साक्षी राखेर भन्नुस, जनताको करको पैसा नहुदो हो त यति ठुलो धनराशी खर्च गरि र लगानीको प्रतिफलको लेखाजोखा नै नगरी पहिले पोखरालाई पर्यटक राजधानी र अहिले पोखरा भ्रमण बर्ष २०२५ घोषणाका जस्तो non planed project को लागि करौडौ रुपैया खर्च गर्नुहुन्थ्यो ?
सोझा जनताले तपाईंलाई विश्वास गरे । अन्य शहरका साथी भाईईष्टमित्रको सामु लाज सहेर भएपनि विना पुर्वधार र यथेष्ट तयारीविना तपाईंले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रमलाई साथ दिए। जान्ने बुझ्ने मेयरले सोचि सम्झी नै काम गरे होलान भनि विश्वासमा परे।
पोखरा भ्रमण बर्ष-२०२५ घोषणा गर्नुपूर्व पोखरालाई पर्यटकको राजधानी घोषणा गरेपछि पोखरेली जनता र व्यवसायीले के प्राप्त गरे? नागरिकबाट संकलन गरि खर्च गरिएको करोडौंको लगानीको प्रतिफल के प्राप्त भयो ? त्यसको स्वेतपत्र जारी गर्नुस । पोखरा भ्रमण बर्ष – २०२५ घोषणा पश्चात् जनताले के पाउदैछन ? वा पोखरा कस्तो बन्दै छ ? सो जानकारी दिएर मात्र महानगरको ढुकुटीमा हात लम्काउनुस ।
अब फेरी तपाईं हामी पोखराका बासिन्दालाई अन्य शहर र विदेशमा रहेका नेपाली साथिभाईको सामु लज्जित नबनाउनु होस ।