Play

बरपाटन माबिका शिक्षक रामजी र छबिलाइ पितृशोक

गुरुकुल खबर


पोखरा, कास्कीको सल्यान घर भई बिगत केहि बर्षदेखी पोखरा महानगरपालिका -११ काहुँ फुलबारीमा आफ्नो परिवारसंग बस्दै आएका ९८ बर्षीय नन्दलाल पौडेल को हालै निधन भएको छ।

सल्यानमा तलेघर माईलाको नामले चिनिने पौडेल खोईरा खलक मध्ये सबैभन्दा जेष्ठ नागरिकको रुपमा रहेका थिए । धार्मिक एबम सामाजिक व्यक्तित्व नन्दलाल केहि समय देखि अशक्त बनेको कारण परिवारका सदस्यको हेरचाहमा घरमै बसिरहेका थिए । उनको गत पुष २४ गते निधन भएको थियो ।

उनका तिन छोराहरु नगेन्द्र राज पौडेल, रामजी पौडेल र छबि पौडेल रहेकोमा जेठा छोरा नगेन्द्रको केहि समय अगाडी निधन भएको थियो।

माइला छोरा रामजी पौडेल पोखराको बरपाटन माबिमा शिक्षकको रुपमा कार्यरत छन् भने रामजीकी धर्मपत्नी शुभद्रा पोखराको गण्डकी बोर्डिंगमा कार्यरत छिन। कान्छा छोरा छबि मणिपाल अस्पतालमा प्राबिधिकको रुपमा कार्यरत छन।

स्व. नन्दलालका गुमा आचार्य, चन्द्रा लम्साल र देवका पराजुली सहित तिन छोरीहरु र नाती नातिनाहरु रहेका छन।

३ माघ २०८१, बिहीबार १०:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा