Play

थुनछेक बहसका लागि लामिछाने काठमाडौँ जिल्ला अदालतमा

गुरुकुल खबर


काठमाडौँ,  सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । थुनछेक बहसको लागी प्रहरीले उनलाई उक्त अदालतमा उपस्थित गराएको हो ।

अदालतमा बुधबार लामिछाने तर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन् । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बहस हुने भएको हो।

यस अगाडी उनलाई पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटी लिएर हिरासत मुक्त गरेको थियो। तर, काठमाडौँ जिल्ला अदालतका न्यायाधिस माधव अधिकारीले भने लामिछानेलाई न्यायिक हिरासतमा पठाएका छन जसका कारण उनि हिरासतबाट अदालतमा र अदालतबाट हिरासत गएर बस्न बाध्य भएका छन। अदालतको आदेशले उनलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोगपत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रवि विरुद्ध  ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।

 

२ माघ २०८१, बुधबार १२:०८ मा प्रकाशित
Nabintech