Play

स्यांग्जामा ‘संगीत र पर्यटन’ विषयमा गोष्ठी, संगीतको माध्यमबाट पर्यटन प्रबर्द्दनमा योगदान पुग्ने बिश्वास

गुरुकुल खबर


पोखरा, गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले संगीत बिना पर्यटन अधुरो हुने बताएका छन । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश द्वारा स्यांग्जाको सिरुवारीमा आयोजित संगीत र पर्यटन विषयक गोष्ठीको उद्घाटन गर्दै कुलपति गुरुंगले भने  ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीत मार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’

संविधानसभाको सदस्य समेत रहेर काम गरेका उनले गाउँको विकासका लागि आँफु चिन्तित रहेको उल्लेख गर्दै बिदाको समयमा सिरुबारी गाउँमा आउने गरेको उल्लेख गरे ।

संस्कृतिविद प्रा.डा. कुसुमाकर न्यौपानेले संगीतमा निकै ठूलो शक्ति रहेको बताए । गोष्ठीमा संगीत र पर्यटनबारे आफ्नो प्रस्तुति दिंदै न्यौपानेले मन र मस्तिष्क दुवैलाई धक्का दिन सक्ने संगीतले मानव मात्र नभई पशुपंक्षीलाई पनि मन्त्रमुग्ध पार्ने बताए । उनले संगीतको माध्यमबाट पर्यटन प्रबर्धनमा पनि उल्लेख्य टेवा पुग्ने बताए ।

रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखराका प्रमुख शान्ति गुरुङले संगीत जति बुझ्यो त्यति गहिरो हुने बताइन् ।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव विनोद ढकालले हाल देशभर संघका ६२ जिल्लामा शाखा गठन भएको जानकारी दिए ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङ, संस्कृतिकर्मी प्रा डा कुसुमाकर न्यौपाने, संघका महासचिव विनोद ढकाल, केन्द्रीय सदस्य शंकर ढकाल, संघका स्याङ्जा प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशक अध्यक्ष रामचन्द्र ढकालले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए। कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष सागर कार्की र महासचिव बालकृष्ण शर्माले कार्यक्रमका बारेमा जानकारी गराएका थिए  ।

कलाकारको हकहितमा काम गर्दै आएको संघले विदेशमा पनि शाखा बिस्तार गरेको छ । बेलायत, अमेरिका, जापान, दुवई, भारत लगायतका मुलुकमा पनि शाखा बिस्तार गरिएको संघका महासचिव ढकालले जानकारी दिए ।

कार्यक्रममा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, गाउँपालिका सदस्य अमन सुनार, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, आँधीखोला गाउँपालिका वडा न. १ का अध्यक्ष पवनकाजी अधिकारी, संघका केन्द्रीय सदस्यद्वय शंकर ढकाल र ऋषिराम दाहाल, संघका स्याङ्जा शाखाका प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मी, वाराही मावि पोखराका प्रअ शिवप्रसाद भण्डारी, संघको गण्डकीका मानार्थ सदस्य प्रेमबहादुर रोका, संघका स्याङ्जा अध्यक्ष बुद्धिबहादुर परियार, संघका गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष लीलाराम पौडेल लगायत सहभागी छन ।

 

२६ पुष २०८१, शुक्रबार २२:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा