Play

कांग्रेस महामन्त्री थापा पोखरा आउंदै, थापाको पोखरा भ्रमणलाई चासोको रुपमा हेरिंदै

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरा आउने पार्टीको औपचारिक कार्यक्रम एबम जिल्लास्तरीय नेता, कार्यकर्ताहरुसंग भेटघाटको शिलशिलामा पोखरा आउने भएका छन ।

महामन्त्री थापा शनिबार बिहान पोखरा आउने र सोहि दिन नेपाली काँग्रेस गण्डकी प्रदेश समिति अन्तर्गतको स्थानीय तह समन्वय विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्न कार्यक्रम रहेको छ ।

शनिबार बिहान ११ बजे तय गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेश भित्रका बिभिन्न स्थानीय तहमा निर्बाचित जनप्रतिनिधि एबम पार्टीको विभिन्न तहका पदाधिकारीहरुलाई आमन्त्रण गरिएको प्रदेशको प्रचार विभागका उपप्रमुख शिरोमणी बरालले जानकारी दिए। नेपाली कांग्रेसलाई थप गतिशील बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जनाएको छ ।

प्रदेश स्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम नाम दिईएको उक्त कार्यक्रममा सहभागी भएपछि महामन्त्री थापाले कास्की कांग्रेसका नेता कार्यकर्ताहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवरले गुरुकुल खबरलाई जानकारी दिए ।

नेपाली काँग्रेसको आसन्न १५ औं महाधिबेशनमा सभापतिको उमेदवार बन्ने अभियानमा लागिरहेका महामन्त्री थापामाथि यतिबेला पार्टी भित्रबाट मात्र नभएर अन्य पार्टीका कार्यकर्ताहरुबाट पनि राजनीतिक रुपमा प्रहार भैरहेको छ। थापा पोखरा आउने भएपछि पार्टी भित्र र बाहिरबाट समेत उनको पोखरा आगमनलाई चासोका साथ हेरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सहकारीको रकम अपचलन गरेको सम्बन्धि मुद्दामा पोखरामा हिरासतमा रहेको र उनि सहित सहकारी ठगीमा संलग्न भएको आरोप लागेकाहरुको तर्फबाट कास्की जिल्ला अदालतमा बहस चल्ने समयमा काँग्रेस महामन्त्री थापाको पोखरा आगमनले थप चर्चा पाउने कतिपयको भनाई छ ।

थापाले भने सबै किसिमका प्रहारहरुको प्रतिबाद गर्दै निर्धारित समयमा महाधिबेशन गर्ने कुरा र सहकारी ठगि लगायत भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिएका नेपाली काँग्रेस सहित अन्य पार्टीको जो सुकै भएपनि कडा कारबाही गर्नुपर्ने धारणा सार्बजनिक गर्दै आएका छन।

कांग्रेस भित्र यतिबेला नेताहरु डा. शेखर कोइराला, डा. सशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, बिमलेन्द्र निधि कृष्णप्रसाद सिटौला,  कल्याण गुरुङ लगायतले आसन्न महाधिबेशनमा सभापतिको उमेदवार बन्ने चाहना राखेको बुझिएको छ। कतिपयले डा. प्रकाश शरण महत समेत कांग्रेस सभापति शेरबहादुर देउबाको समर्थनमा सभापतिको उमेद्वार बन्न खोजेको चर्चा गर्न लागेका छन् ।

 

 

१८ पुष २०८१, बिहीबार २०:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा