Play

सुर्यदर्शन सहकारी ठगीमा एक अर्ब एकाउन्न करोड माग दाबी गरिएका ४४ जना को को हुन ?

गुरुकुल खबर


पोखरा, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा विभिन्न ८ कम्पनीसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरी अनुसन्धानका आधारमा उनीहरुलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।

प्रतिवादी बनाइएका हरुमा रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआइजी छबिलाल जोशीसहित रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणि वास्तोला, देवेन्द्र बाबु राई, विज्ञान राई, लिला पछाई रहेका छन । यसैगरि विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त बाबु राई, ओमप्रकाश गुरुङ, बिरबाहदुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञान बहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिला बहादुर गुरुङ, पेशल कुमार राई, कृष्ण बहादुर गुरुङ, देव कुमार नेपाली, शकुन्तला गुरुङ, मिश्र कुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मी प्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

यी प्रतिवादीहरुले मिलेमतो गरी सूर्यदर्शन सहकारीको एक अर्व एकाउन्न करोड चालिस लाख उन्नाइस हजार एक सय चौरानब्बे रुपैयाँ तिन पैसा अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । मुद्दा दायर भएकामध्ये ८ जना हाल थुनामै छन् भने ५ जना विरुद्ध रकम फिर्ताका लागि प्रतिवादी बनाइएको छ । यस्तै प्रतिवादी बनाइएकामध्ये २३ जना अझै फरार छन् ।

७ पुष २०८१, आईतवार १४:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा