कैलाली । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला आसन्न महाधिबेशनलाई लक्षित गर्दै शुक्रबारदेखि सुदूरपश्चिमका कार्यक्रममा सहभागी हुने भएका छन । चौधौं महाधिबेशनमा पार्टीको तत्कालिन सभापति शेरबहादुर देउबासंग पार्टीको केन्द्रीय सभापतिमा प्रतिष्पर्धा गरेर पराजित भएका कोइराला पन्ध्रौं महाधिबेशनमा पनि सभापतिको उमेद्वार बन्ने दौडमा रहेका छन ।
चौधौं महाधिबेशनमा कोइरालाले सभापति पदमा चुनाब जित्न नसकेपनि कोइरालाको टिमबाट महामन्त्री पदको चुनाब जितेका गगन थापा पनि सभापति पदमा चुनाब लड्ने तयारीमा छन। संस्थापन ईतर अर्थात देउबा बिरोधि नेताहरुले कोइराला र थापालाई फुट्न नदिई एकै टिममा रहेर चुनाब लड्ने अबस्था आउने बताउंदै आएका छन। तर कोइराला टिममा रहेका थापाकोको अतिरिक्त पार्टी उपसभापति पूर्ण बहादुर खड्का, पूर्व महामन्त्री शसांक कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौला सहितका नेताहरुको समेत सभापति लड्ने चाहना रहेको बुझिएको छ। सभापति देउबाले भने आफ्नो समर्थन कसलाई हुने भन्ने अझै सम्म सार्बजनिक गरेका छैनन् ।
डा. कोइरालाको निजी सचिवालयका अनुसार सुदूरपश्चिममा रहँदा कोइरालाले धनगढीमा सुदुर पश्चिम प्रदेशका नौ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
डा. कोइरालाले शुक्रबार धनगढीमा सुदूरपश्चिमका सबै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गर्ने भएका छन । उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल हुने कोइरालाका स्वकीय सचिब दिनेशचन्द्र थपलियाले गुरुकुल खबरलाई जाकारी दिए ।
कोइरालाले शनिबार अर्थात पुस ६ गते नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुसँग भेटघाट गर्नेछन् । सोही दिन दिउँसो डा. कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महाधिबेशनको मिति अझै टुंगो नलागेको भएपनि डा. कोइराला सहित कांग्रेसका केहि नेताहरु महाधिबेशन लक्षित दौडाहामा विभिन्न जिल्लामा पुग्न लागेको छन डा. शेखर कोइरालाको टोलीमा नेताहरु हृदयराम थानी, डा. गोबिन्दराज पोखरेल, सुनिल शर्मा लगायतले सुदुर पश्चिम प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कोइरालाले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारी तथा नेता कार्यकर्ता धनगढीमा भेट्नेग कार्यक्रम तय गरेको छन ।