Play

रबि लामिछाने सहित ५० जनामाथि सहकारी ठगि सहित तीन र जीबी राईलाई चार अपराधमा मुद्दा चलाइने

गुरुकुल खबर


पोखरा, सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परि थुनामा रहेका पूर्व गृह मन्त्री रबि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाएर प्रहरीले प्रतिबेदन तयार गरेको बुझिएको छ पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा अनुसन्धान प्रतिवेदन सोमबार बुझाएको छ ।

सहकारीको रकम ठगि सम्बन्धमा पुरक जाहेरी आउनुअघि पक्राउ परेर अहिले कारागारमा रहेका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी कायम गर्न राय दिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले संचारकर्मीसंग बताएका छन ।  लामिछानेसहित ५० जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय दिएको छ ।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै मुद्दा चलाउन सिफारिस गरेको हो । रायसहितको अनुसन्धान प्रतिवेदन छ सय पेज लामो रहेको प्रहरीले बताएको छ ।

गत कार्तिक २ गते पक्राउ परेका रवि लामिछाने दुई महिनादेखि प्रहरीको हिरासतमा छन् । कास्की जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि हिरासतमा राख्न सातौँ पटक म्याद थप गरेको थियो ।

जीबी राईलाई भने थप कसुरमा समेत अभियोजन गर्नुपर्ने प्रहरीको निष्कर्ष रहेको छ । अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको हुनाले उनलाई राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माले जानकारी दिए । जीबी राईले क्रिप्टो मार्फत विदेशमा रकम लगेको प्रमाण प्रहरीले भेट्टाएको छ ।

रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । सो रकम बिगो कायम गर्न मागदाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माले बताए ।

सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईसहित ५ जना अहिले थुनामा छन् । थुनामा हुनेमा उनीहरुसहित तनहुँका राम बहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ छन् ।

यसअघिको मुद्दामा प्रतिवादी बनेकाहरूलाई पनि प्रहरीले दोस्रो पटक प्रतिवादी कायम गरेको छ । प्रहरीले सोमबार प्रतिवेदन बुझाएको भए पनि अध्ययन गर्न समय लाग्ने जिल्ला सरकारी वकिल कार्यालयले बताएको छ । उनीहरुविरुद्ध पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुने बताइएको छ।

ठेगाना नखुलेका १४ जनालाई ठेगाना खुलाएर अदालतमा उपस्थित गराउने कुरा अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । डीएसपी शर्मा भन्छन्, ‘१४ जनाको वतन खुलेको छैन, उनीहरुलाई ठेगाना खुलेपछि अदालतमा उपस्थित गराउँछौँ ।’

१ पुष २०८१, सोमबार १८:५३ मा प्रकाशित
Nabintech