Play

तिन लाख मूल्यको टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरियन्ट पोखरामा सार्वजनिक

गुरुकुल खबर


पोखरा,  नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबको २.२ किलोवाट–आवर भेरियन्ट पोखरामा सार्वजनिक गरेको छ । आइतबार पोखराको न्युरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा उक्त स्कुटर सार्बजनिक गरिएको हो ।

कम्पनीका अनुसार टिभिएस आईक्युबमा पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता गरि तीन प्रमुख बिशेषता रहेको छन। पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसन रहेको छन् भने पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप तथा प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।

उक्त स्कुटरमा ५ इन्चको रंगीन टिएफटी स्क्रीन रहेको छ र सबैभन्दा फास्ट चार्जिङ हुने सुबिधा रहेको छ। वालनट, ब्राउन र पर्ल ह्वाइट रंगमा उपलब्ध यस स्कुटरको मूल्य २ लाख ९० हजार ९९० रुपैया कायम गरिएको छ।  ग्राहकहरूको लागि थप किफायती तथा उत्कृष्ट प्रविधि भएको इलेक्ट्रीक सवारी साधनको रुपमा उक्त स्कुटर रहेको कम्पनिको भनाई छ ।नयाँ भेरियन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता पनि कायम राखेको जनाएको छ।

पोखरामा आयोजित कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको बताउंदै एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा आफ्नो ग्राहकहरुले स्कुटर मार्फत पूरा गरेको जानकारी दिए ।

विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।” उनले भने ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले टिभिएस आईक्युबसँगको एक वर्षको यात्रा सफल रहेको भन्दै  टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्ने बिश्वास ब्यक्त गरे।

नयाँ टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको बुकिङ आइतबारदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका ४० टिभिएसका आधिकारिक डिलरहरूमा उपलब्ध रहेको जानकारी समेत सो अबसरमा दिईएको थियो।

१० मंसिर २०८१, सोमबार १०:५१ मा प्रकाशित
Nabintech