Play

पोखराका शिक्षासेवी बाँस्तोलाको निधन, विभिन्न संस्था र व्यक्तिद्वारा शोक ब्यक्त

गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एबम कालिका बहुमुखी क्याम्पसका पूर्व प्रमुख रबिन्द्रनाथ बास्तोलालाई पितृशोक परेको छ। बास्तोलाका बुवा विश्वनाथ बास्तोलाको ९१ वर्षको उमेरमा यहि कार्तिक ३ गते निधन भएको हो। बाँस्तोला केहि समय देखि बिरामी परेका थिए उनको स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको थियो।

स्व. बाँस्तोलालाई प्रजातन्त्रप्रेमी एबम शिक्षासेवीको रुपमा चिनिन्थ्यो । सरल स्वभावका बाँस्तोला तत्कालिन पश्चिमान्चल क्षेत्रिय शिक्षा निर्देशनालयमा उप निर्देशक रहेर सेवा निवृत्त भएका थिए। उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

स्व. बाँस्तोलाको निधन प्रति दुख ब्यक्त गर्दै विभिन्न संघ संस्थाले शोक बिज्ञप्ती समेत जारी गरेका छन। राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको शोक बिज्ञप्तीमा शिक्षासेवी बाँस्तोलाको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुख प्रकट गरिएको छ। साथै शोकमा रहेका परिवारजनमा गहिरो समबेदना प्रकट गरिएको छ।

स्व. बांस्तोलाको निधन पछि परिवारजनलाई समबेदना प्रकट गर्न नेपाली काँग्रेस लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरु बाँस्तोला निवास फुलबारी पुग्ने क्रम जारी छ। नेपाली काँग्रेसका पूर्व महामन्त्री एबम नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, नेपाली काँग्रेस केन्द्रीय सूचना संचार तथा प्रचार प्रसार विभागका प्रमुख तथा केन्द्रीय सदस्य मिन बिश्वकर्मा लगायतका नेताहरु पनि निवासमा पुगेर समबेदना प्रकट गरेका थिए।

नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन लगायत विभिन्न संस्थाबाट पनि समबेदना प्रकट गर्ने क्रम पनि जारी रहेको छ। यसैबीच पोखराका अग्रज पत्रकार रबिन्द्रनाथ बाँस्तोलालाई पितृशोक परेकोमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत रहेका गोल्डेन मिडिया ग्रुप प्रालि र गुरुकुल खबरका अध्यक्ष गंगाधर पराजुलीले गहिरो दुख ब्यक्त ब्यक्त गर्दै स्व. बाँस्तोला प्रति भावपूर्ण श्रद्दान्जली र शोकमा रहेका पत्रकार रबिन्द्रनाथ बाँस्तोला सहित परिवारजनमा गहिरो समबेदना प्रकट गरेका छन।

१२ कार्तिक २०८१, सोमबार ११:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा