Play

ऋषिलिला पत्रकारिता पुरस्कारबाट पौडेललाई सम्मान गरिने

गुरुकुल खबर


पोखरा, पोखरा बृद्धाश्रमद्वारा सञ्चालित “ऋषि-लिला पत्रकारिता पुरस्कार–२०८१” बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा बिशेष योगदान दिने कास्कीका ज्येष्ठ नागरिकहरु र सम्मानित हुन लागेका पत्रकार पौडेललाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ असौज १५ गते एक समारोहमा सम्मान गरिने भएको हो ।

पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा बिशिष्ठ योगदान पुर्याएका प्रजातन्त्र सेनानी एवम पोखरा बृद्धाश्रम, सीतापाईलाका संस्थापक अध्यक्ष स्वर्गिय ऋषिकेशव पराजुली र उनकी धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशव पराजुलीद्वारा उक्त पुरस्कार स्थापना गरिएको हो पुरस्कार पाउने पौडेल राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुखको रुपमा कार्यरत छन्।

पुरस्कारका लागि व्यक्तित्व छनौट गर्न अग्रज पत्रकार रविन्द्र वास्तोलाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पुर्व वडासदस्य पार्वती थापा एवम् पदेन सदस्यमा बृद्धाश्रमका अध्यक्ष कुुसुमकेशव पराजुुली र सचिव धर्मबहादुर गुरुङ रहेका थिए । उक्त समितिको सिफारिसलाई पोखरा बृद्धाश्रम सञ्चालक समितिको बैठकले अनुुमोदन गरेको बृद्धाश्रमका सचिव धर्म बहादुर गुरुङ्गले जानकारी दिए ।

पत्रकारिताका माध्यमबाट पोखरा बृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई बृद्धाश्रमले सम्मान गर्दै आएको कुरा पोखरा बृद्धाश्रमका कोषाध्यक्ष भीम प्रसाद सुबेदीले बताए। कोषाध्यक्ष सुबेदीका अनुसार पत्रकार बासुदेव पौडेललाई ५० हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिने छ ।

२०५३ सालमा स्थापना भई असहाय एवम् विपन्न ज्येष्ठ नागरिकको सेवामा क्रियाशील रहँदै आएको बृद्धाश्रममा हाल देशका विभिन्न जिल्लाका ५० जना ज्येष्ठ नागरिक, १० जना अपाङ्गता भएका ब्यक्तिहरु एवम स्याहारकर्ताले आश्रय लिदै आएका छन।

 

२ आश्विन २०८१, बुधबार २२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा