Play

चापाकोट सेवा समाजको तीज बिशेष कार्यक्रम, उल्लेखनीय सहभागिता

गुरुकुल खबर


पोखरा,  कास्कीको तत्कालिन चापाकोट गाबिस ( हाल पोखरा महानरपालिका -२३ ) बाट पोखरा बजारमा आएर बिभिन्न पेशा र व्यवसायमा संलग्नहरुको संस्था चापाकोट पोखरा सेवा समाज, पोखराले नेपाली महिलाहरुको महत्वपुर्ण पर्ब तीजको सन्दर्भमा शुक्रबार दर खुवाउने सहितको मनोरंजनात्माक कार्यक्रमको आयोजना गर्यो।

कार्यक्रममा चापाकोटबाट पोखरा आएर बसोबास गर्दै आएको महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो महिलाहरुले दर खाएर मनोरंजन लिनुका साथै आफु आफुबिचको खुशी, पिडा र बेदनाहरु एकापसमा साटासाट गरेका थिए।

संस्थाकी सदस्य अन्जु पराजुलीले कार्यक्रमको संयोजन गरेकी थिईन उनले महिला दिदि बैनिहरुलाई तीजको सन्दर्भमा मात्र भएपनि मनोरंजन सहित पिडा बेदना पोख्ने बाताबरण सिर्जना गर्न तीज बिशेष कार्यक्रम गरेको जानकारी दिईन।

चापाकोट पोखरा सेवा समाजका अध्यक्ष बिश्वेश्वर प्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी पोखरा महानगरपालिका वडा न. २३ का वडाअध्यक्ष रामकाजी गुरुङ रहेका थिए कार्यक्रममा तत्कालिन चापाकोट गाबिसका पूर्व अध्यक्ष एबम नेपाल किसान महासंघका केन्द्रीय सदस्य भेषराज पराजुली अतिथिको रुपमा सहभागी थिए।

यसैगरि चापाकोट सेवा समाजका निबर्तमान अध्यक्ष शिवलाल पराजुली, समाजका सल्लाहकार हरीप्रसाद लामिछाने, समाजका संस्थापक उपाध्यक्ष भिम बहादुर राना, समाजका जेष्ठ नागरिक मिन बहादुर घले र तिल कुमारी देबकोटा पनि अतिथिको रुपमा सहभागी थिए।

उनीहरुले तीज पर्ब धार्मिक, सांस्कृतिक अनि मनोरंजनको दृष्टिकोणले पनि महत्वपुर्ण पर्ब रहेकोले यस पर्वको मौलिक र सांस्कृतिक महत्व जोगाइराख्नुपर्नेमा जोड दिएका थिए।

१५ भाद्र २०८१, शनिबार ०८:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा