Play

कलाकार संगीताको तीजगीत ‘लै बरिलै, लैलै’ सार्बजनिक (भिडिओ सहित)

सांगीतिक यात्रालाई निरन्तरता दिने र छिट्टै नै कौडा र सालैजोको मौलिक गीत ल्याउने सोचाई


गुरुकुल खबर


न्युयोर्क, (अमेरिका), तीज पर्वलाई लक्षित गरेर कलाकार संगीता थापा मगरले ‘लै बरिलै, लै लै’ भाकाको नयाँ गीत सार्बजनिक गरेकीछन । लामो समयदेखि अमेरिकामा बस्दै आएकी मगरले तीजको गीत करिब एघार बर्षपछि सार्बजनिक गरेको बताएकी छन। उनले नेपाल आएर गीत सार्बजनिक गरेकी हुन।

लोक गायन र दोहोरी गीतमा समेत नाम कमाएकी संगीता अमेरिकामा रहेका कलाकारहरुको संस्था नेपाल अमेरिका कलाकार संघकी महासचिब समेत हुन। उनि करिब ५ बर्ष अगाडी नेपाल आउँदा मुस्तांग जिल्लामा पुगेर “लोमान्थांगमा बसौं” भन्ने गीत तयार गरेकी थिईन ।

उनले हालै सार्बजनिक गरेको तीज गीतमा उनले आफ्नै जस्तो बिदेशिएका नेपालीको जिबनको बारेमा बढी चर्चा गरेकी छन। उनको गीतमा धेरै वर्षपछि आंफुले तीजको गीत गाएको र डलर कमाउने भन्दा भन्दै अमेरिकामा जवानी बितेको कुराको चर्चा गरिएको छ।

यसका साथै लामो समय अमेरिका बस्दा उमेर ढल्केको  र शरीर पनि पहिले भन्दा मोटो भएको जस्ता कुराहरु समेत आकर्षक ढंगले प्रस्तुत गरेकी छन । “पानी पुरी खान्छु, आधा निन्द्रा सुत्छु, लै बरिलै, लै लै तर किन लाउछ ? ज्यान मायालु… जस्ता टुक्का गीतमा रहेका छन। उनले यो गीत आंफ्नो अनुभूति अनुसार सिपि मल्ललाई लेख्न लगाएको समेत जानकारी दिएकी छन।

संगीतालाई गायनको मोह भएकै कारण नेपाल आएको बेला उनले कुनै न कुनै गीत बजारमा ल्याउने गरेकीछिन । “एकजना कलाकारको चाहना भनेको नै नियमित रुपमा आफ्नो सिर्जना श्रोता र दर्शक सामु प्रस्तुत गर्ने हुन्छ सोह अनुरुप मैले पनि तीजको सन्दर्भ पारेर तडकभडक र बिकृति विसंगति मुक्त तीजगीत ‘लै बरिलै, लै लै” श्रोता र दर्शक सामु प्रस्तुत गरेकी छु”।

गायन र आफ्नो गीत संगीतको यात्रालाई निरन्तरता दिउ जस्तो लागेपनि कामको व्यस्तता अनि आबश्यक पर्ने उपकरण र स्टुडियोको अभाव तथा महंगीको कारण पनि अमेरिकामा सांगीतिक यात्रालाई निरन्तरता दिन त्यति सहज नभएको संगीताको भनाई छ ।

तीजको सन्दर्भमा लै बरिलै, लै लै’ गीत सार्बजनिक गरेकी संगीता अबको दशैं तिहारको समयमा नेपाल आएर कौडा, सालैजो लगायतका मौलिक लोकगीतहरु समेत श्रोता र दर्शक सामु प्रस्तुत गर्ने योजनामा छिन।

 

४ भाद्र २०८१, मंगलवार १६:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा