Play

प्रतिकुल मौसमका कारण पोखरा र भरतपुर लगायतको आन्तरिक उडान प्रभावित

गुरुकुल खबर


पोखरा, प्रतिकूल मौसमका कारण मंगलबार पोखरा लगायत विभिन्न शहरहरुमा हुने आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा हुने उडान अन्य स्थानको भन्दा बढी प्रभावित भएको हो।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले मौसम खराब रहेकाले भिजिविलिटी कमजोर हुदाँ पोखरा र भरतपुर गन्तव्यमा उडान हुन नसकेको बताए  उनले भने, ‘अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ।’

बुद्द एअर पोखरामा कार्यरत कमल लामिछानेले पोखराबाट बिहान दुईवटा उडान पोखराबाट काठमाडौँ गएको तर त्यसपछि प्रतिकुल मौसमको कारण पौने ३ बजेसम्म कुनै उडान नभएको बताए। “अब एअरपोर्ट खुलेको छ. साँझ अबेरसम्म उडान भएमा ७/८ वटा उडान हुन सक्छ। ” बिहान पोखराबाट भएका दुईवटा उडान गएराति पोखरा विमानस्थलमा राखिएका बिमानबाट गरिएको उनले जानकारी दिए।  लामिछानेका अनुसार पोखराबाट बुद्द एयरले दैनिक १५/१६ वटा सम्म उडान गर्दै आएको छ।

पोखराबाट बुद्द एअरका अतिरिक्त यति र श्री एअरलाइन्सले उडान गर्दै आएकोमा श्री एअरको उडान भने नियमित हुन सकेको छैन यति एअरको उडानमा बिगतमा यात्रुको चाप हुने गरेकोमा पछिल्लो समय यात्रुको चाप केहि घटेको बताईन्छ।

तर बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भने पोखरा र भरतपुरमा अपरान्हसम्म कुनै पनि उडान नभएको विभिन्न संचार माध्यमलाई जानकारी दिएका छन। वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आए उडान हुने उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

४ भाद्र २०८१, मंगलवार १४:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा