Play

पब्लिक फोरके टेलिभिजनले तीज विशेष कार्यक्रम गर्ने

गुरुकुल खबर


पोखरा, पोखराबाट प्रशारण हुने पब्लिक फोरके टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । टेलिभिजनमा नियमित रुपमा पब्लिक लाईभ दाहोरीसमेत सुरुआत गर्ने गरी भदौं ७ गतेदेखि तीज विशेष कार्यक्रम गर्न लागेको हो ।

अश्लिल र छाडा बन्दै गएको तीजमा मौलिक तीज भाकाहरु पस्कन तीज विशेष कार्यक्रम आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए । तीज विशेष कार्यक्रम ऋषिपञ्चमीसम्म सञ्चालन हुने र  त्यसपछि भने हरेक हप्ता पब्लिक लाइभ दोेहोरी सञ्चालन हुने प्रबन्ध निर्देशक क्षेत्रीले बताए ।

‘तीज भाकाहरु पर्व गीत हुन् । पर्व गीतको मौलिकता जोगाउन आमा दिदिबहिनीका गीतहरु स्टुडियोमा रेकर्ड गरि दैनिक प्रशारण गरिनेछ,’ उनले भने, ‘परम्परागन लोक भाकालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।’

तीज गीतको नाममा विकृति मौलाएको बेला पब्लिक टेलिभिजनले मौलिक तीज गीतलाई प्राथमिकता दिनु महत्वपूर्ण भएको वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाले बताइन् ।

तीज विशेष कार्यक्रममा हरिदेवी कोइराला, पार्वती जिसी, मामा गुरुङ, सरिता सारु, मञ्जु विक, सरस्वती लामिछाने, सिमा सारुमगर, कमला सुनार, जीवन दाहाल, रामजी पौडेल, शिवहरि ढुंगाना, टेक क्षेत्री, अनिल चापागाईं, नेत्र खड्काले प्रस्तुती दिनेछन् ।

बागलुङबाट सरस्वती खड्का र अञ्जु जिसीले आफ्नो प्रस्तुती पस्किनेछन् । बाटुलेचौरका गन्धर्व आमा समूहहरुले परापूर्वककालदेखि गाउँदै आएका परम्परागन गीतहरुसमेत प्रस्तुत हुने टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले बताए । कार्यक्रम पब्लिक टेलिभिजनसहित फेसबुक र युट्वुवको माध्यमबाट प्रशारण हुनेछ ।

कार्यक्रम भदौं ७ गतेदेखि हरेक दिन दिउँसो तिज विशेष लाइभ दोहोरी तथा मौलिक तिजे भाकाहरुको प्रशारण हुनेछ । सोही कार्यक्रमको पुनः प्रशारण राती ९ बजेपछि हुनेछ ।

३ भाद्र २०८१, सोमबार १९:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा