Play

बैदाम वडा प्रहरी प्रमुख श्रेष्ठको सरुवा, डिएसपी निरौला आउने

गुरुकुल खबर


पोखरा,  वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रकुमार श्रेष्ठको सरुवा भएको छ ।

२०८० असोजमा वडा प्रहरी कार्यालय बैदाममा हाजिर भएका श्रेष्ठको प्रहरी प्रधान कार्यालयस्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको हो । उनको स्थानमा डीएसपी सन्तोष निरौला आउने भएको श्रोतले जनाएको छ ।

डीएसपी श्रेष्ठबिरुद्ध पोखराका केही पर्यटन व्यवसायीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा उजुरी दिएका थिए । उनीमाथि प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर पर्यटन व्यवसायीसँग पैसा अशुल्ने गरेको आरोप  लागेको थियो ।

७ श्रावण २०८१, सोमबार २१:४९ मा प्रकाशित
Nabintech