Play

शिक्षामन्त्री विद्या पहिलो निर्णय : बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादनसंग जोड्ने

गुरुकुल खबर


पोखरा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बिद्यालयमा दिवा खाजाको रुपमा उपलब्ध गराईने पोषण युक्त खाजालाइ स्थानिय उत्पादनसंग जोड्नको लागि अध्ययन गर्नको लागि समिति गठन गर्ने निर्णय गरेकी छन।

मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी हुन ।

प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवाखाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा उनले पहिलो हस्ताक्षर गरेकी हुन् ।

खाजाको रुपमा विभिन्न बिद्यालयले चाउचाउ, बिस्कुट लगायतका फास्ट फूड प्रयोगमा आउन थालेपछि स्थानीय समुदायको तर्फबाट आलोचना समेत हुन लागेको कुरालाई मध्यनजर गरि मन्त्रि भट्टराईले उक्त निर्णय गरेकी हुन।

शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुने समितिले स्थानीय कृषि उत्पादनलाई दिवाखाजामा जोड्न राष्ट्रिय प्रारूप तयार गर्ने छ ।

३१ असार २०८१, सोमबार २१:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा