Play

कांग्रेस सांसद भण्डारीलाई मन्त्री बनाउन तनहुँका काँग्रेसको लबिंग, देउवा सकारात्मक रहेको दाबी

गुरुकुल खबर


काठमाण्डौं , नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यमा सरकार बन्ने तयारी भैरहेको बेला नेपाली काँग्रेसबाट मन्त्री बन्न थुप्रै नेताहरुले दौडधुप गरिरहेका छन यस क्रममा तनहुँ जिल्लाको क्षेत्र न. २ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद शंकर भण्डारी पनि कांग्रेसका झन्डै दुई दर्जन नेतासंगै मन्त्री बन्ने दौडमा लागिरहेको बुझिएको छ ।

मन्त्री बन्ने दौडधूपमा रहेका भण्डारीले नेपाली काँग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरुसंगको भेटघाट तिब्र बनाएका छन।

कांग्रेस र एमालेबीच सत्ता सहकार्य हुनुपर्ने भनि अभिव्यक्ति दिंदै आएका काँग्रेस केन्द्रीय सदस्य एबम सांसद भण्डारीलाई मन्त्री बनाउने विषयमा पार्टी सभापति देउवा समेत सकारात्मक रहेको भण्डारी निकट मानिने तनहुँका काँग्रेस युवा नेता समेत रहेका पत्रकार डम्बर अधिकारीले गुरुकुल खबरलाई बताएका छन् ।

बुधबार नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ नेतृत्वको टोलीसंगको भेटघाटमा समेत सभापति देउबाले सकारात्मक कुरा गरेको उनले बताए। भेटका क्रममा उपसपभापति सहितको टोलीले पहिलो चरणमा नै सांसद भण्डारीलाई मन्त्री बनाउन आग्रह गरेको थियो ।

त्यस्तै सांसद भण्डारीलाई मन्त्री बनाउने विषयलाई लिएर उपसभापति सहितको टोली राष्ट्रपति पौडेल समक्ष पनि पुगेको बताईन्छ। राष्ट्रपति समक्ष उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे वि.क., जिल्ला सचिव लक्ष्मीभक्त खनाल , जिल्ला सदस्य डम्बर अधिकारी , डा रघुराज काफ्ले लगायतले सांसद भण्डारीलाई मन्त्री बनाउने बाताबरण तयार गरिदिन आग्रह गरेको र राष्ट्रपति पौडेलले पनि सकारात्मक रहेको प्रतिक्रिया दिएको अधिकारीले जानकारी दिए।

सांसद भण्डारीलाई मन्त्री बनाउने विषयमा गण्डकी प्रदेशबाट निर्वाचित बहुमत सांसदहरु समेत सकारात्मक रहेको दाबी गर्दै उनले सांसदहरुले राष्ट्रपति पौडेल र पार्टी सभापति देउवालाई भेटघाट गरी भण्डारीलाइ पहिलो चरणमा नै मन्त्री बनाउन आग्रह गरेको उनले बताए ।

२७ असार २०८१, बिहीबार १२:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा