Play

साउण्ड हिलिड. र साउण्ड थेरापी सेवा पोखरामा पनि, सर्बसाधारणको चासो बढ्दो

गुरुकुल खबर


पोखरा, बिना औषधि, बिना चिकित्सा र बिना साईड ईफेक्ट गरिने उपचार पद्दतीको रुपमा चिनिएको प्रकृतिक चिकित्सा पद्दतीप्रति आम नेपालीहरुको चासो बढ्दै जाने क्रममा साउण्ड हिलिड. र साउण्ड थेरापी मार्फत गरिने उपचार पद्दतिप्रति पनि सर्बसाधारणको चासो बढ्दै गएको छ।  साना तथा मझ्यौला ब्यबसायी महासंघद्वारा पोखराको प्रदर्शनी केन्द्रमा आयोजित अन्तराष्ट्रिय व्यापार मेलामा राखिएको प्राचिन प्राकृतिक चिकित्सा तथा ध्वनि चिकित्सा केन्द्रको स्टलमा सर्बसाधारणको उपस्थितिले पनि साउण्ड हिलिंग र साउण्ड थेरापी प्रति सर्बसाधारणको चासो बढेको स्पष्ट हुन्छ।

मेला यहि असारको १३ गते देखि १७ गते सम्म चल्ने छ।

अधिकांश नेपालीहरु कुनै न कुनै रोगबाट प्रभावित हुने गरेको र चिकित्सक तथा स्वास्थ्यकर्मीको गलत सल्लाह अनि गलत औषधी प्रयोगका कारण स्वास्थ्यस्थिति झन बिग्रिने गरेको अनुभब धेरैको छ। यस्तो अबस्थामा प्राकृतिक उपचार पद्दती अन्तर्गत साउण्ड हिलिड. र साउण्ड थेरापी उपचार पद्दतिबाट उपचार गर्दा कुनै साइड ईफेक्ट नपर्ने भएकोले पनि यस प्रतिको चासो बढ्दै गएको हो।

यो उपचार पद्दति बिशेष गरि तन र मनको उपचारको लागि अपनाइने र  बिदेशी मुलका व्यक्तिहरुले बढी अपनाउने गरेको प्राचिन प्राकृतिक चिकित्सा तथा ध्वनि चिकित्सा केन्द्रकी स्वस्तिका पन्थीले गुरुकुल खबरलाई जानकारी दिईन।

प्राचिन प्राकृतिक चिकित्सा तथा ध्वनि चिकित्सा केन्द्रले पोखरामा जारी मेलामा ध्वनि चिकित्सा साउण्ड थेरापी सम्बन्धि सेवा , कुन्डलीनी जागरण चक्र, हिलिङ्ग सम्बन्धि सेवा संचालन गरिरहेको छ। यसबाहेक केन्द्रले संचालन गर्ने साउण्ड थेरापी कोर्ष बुकिङ्गमा पचास  प्रतिशत छुट दिनुको साथै हिमालयन, तिब्बतीयन बाउल साउन्ड थेरापी तथा सिङ्गीङ्ग बाउल चक्र हिलिंग सम्बन्धि आधारभूत देखि एडभान्स स्तरको प्रशिक्षण समेत केन्द्रले संचालन गर्दै आएको बुझिएको छ। केन्द्रका संचालक राजाराम पाण्डेका अनुसार मेलामा उच्च गुणस्तरका साउण्ड बाउल, गुणस्तरीय चक्रसेट बाउल, सिन्गिंग बाउलको केही सेट बिक्रि वितरणको लागि समेत उपलब्ध छन ।

मेलाको पहिलो दिन एक सय भन्दा बढी सर्बसाधारणले उक्त सेवा लिएको सन्चालक पाण्डेले बताए । बर्षायामको समय भएका कारण मेलामा दर्शकको चाप नदेखिएपनि मेलास्थलमा पुग्ने अधिकांशले प्राचिन प्राकृतिक चिकित्सा तथा ध्वनि चिकित्सा पद्दतिको बारेमा चासो राखेको संचालक पाण्डेले बताए ।

१४ असार २०८१, शुक्रबार १०:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा