Play

तरुण दलका केन्द्रीय सदस्य सागर गुरुङलाई पितृशोक

गुरुकुल खबर


पोखरा, नेपाल तरुण दलका केन्द्रीय सदस्य एबम नेपाली कांग्रेसका कास्की – १ अन्तर्गत प्रदेशसभा १ ख का  कार्यसमितिका सदस्य तथा युवा ब्यबसायी सागर गुरुङलाई पितृशोक परेको छ ।

गुरुंगका बुवा पदमबहादुर गुरुङको ८० वर्षको उमेरमा गए राति करिब ३ बजे उनको आफ्नो निवास पोखरा-२९ आदर्शचोकमा निधन भएको हो ।

सेनामा काम गरेर अवकाश लिएका पदम बहादुर स्थानीय क्षेत्रमा सामाजिक व्यक्तित्वको रुपमा परिचित थिए । उनि केहि समय देखि बिरामी परेका थिए। स्व. गुरुंगका एक छोरा सागर र एक छोरी मनदेवी गुरुङ छन् ।

स्वर्गीय गुरुङको बिहिबार दिउँसो गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गुरुङको निधनप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, कास्की क्षेत्र नं. १ ले दुःख व्यक्त गरेको छ । पार्टीका क्षेत्रिय सचिब सरोज केसीले गुरुङको  निधनप्रति दुःख व्यक्त गर्दै पार्टीका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरे ।

केसीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘अभिभावक पदमबहादुर गुरुङको निधनको खबरले हामी स्तब्ध एवं मर्माहत भएका छौँ। यस दुःखद् घडीमा अमर आत्माको चिर शान्तिको कामना एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’
यसैगरी नेपाली काँग्रेस प्रदेश सभा निर्बाचन कास्की १ ख का सभापति कृष्णप्रसाद कोइरालाले पनि गुरुंगको निधन प्रति दुख प्रकट गर्दै पार्टीलाई अपुरणीय क्षती भएको उल्लेख गरेका छन।

१३ असार २०८१, बिहीबार ११:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा