Play

माओबादीले कारबाही गरेका सांसद तथा गण्डकीका उर्जामन्त्री देवकोटाले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले आफुमाथि कारबाही गर्ने नेकपा माओबादीको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वाच्च अदालतमा दायर गरेको रिटमा बहस नासकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। सांसद देवकोटाले माओबादी संसदीय दलको व्हिप उल्लङ्घन गरि नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको पक्षमा बिश्वासको मत दिएपछि उनलाई माओबादीले प्रदेश सांसदबाट हटाउने निर्णय गरेको थियो।

देवकोटाले असार ६ गते आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । आइतबार चौथो नम्बरमा पेसी तोकिएको उक्त मुद्दामा ढिलो मात्र बहस सुरु भएको थियो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै  कारबाही गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको देवकोटाको मुद्दामा धेरै कानुन व्यवसायी बहसका लागि बाँकी रहेकाले हेर्दाहेर्दैमा राखिएको हो ।

गोरखाबाट माओवादीको चुनाब चिन्ह लिएर निर्वाचित भएका देवकोटाले भने आफूलाई नेपाल समाजबादी पार्टीको सांसद भन्दै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् । पाण्डेलाई मुख्यमन्त्रीमा बिश्वासको मत दिएपछि पाण्डेले देवकोटालाई उर्जा जलश्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका छन ।

उनले रिटमा गण्डकी प्रदेशसभाका सभामुख, गण्डकी प्रदेशसभा, माओवादी केन्द्र, माओवादी केन्द्र गण्डकी प्रदेशसभाका संसदीय दलका नेता हरिबहादुर चुमान लगायतलाई विपक्षी बनाएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादी केन्द्रले पाण्डेलाई मत नदिनु भनी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो ।

उक्त ह्विप उल्लङ्घन गरेको आरोपमा उनीमाथि कारबाहीको सिफारिस माओवादीले गरेको थियो । माओवादीको सिफारिसपछि सभामुख कृष्णप्रसाद धितालले उनीमाथि भएको कारबाही प्रदेशसभामा पढेर सुनाएका थिए । सभामुखले कारबाहीको निर्णय पढेर सुनाएपछि उनी निलम्बनमा परेका थिए ।

९ असार २०८१, आईतवार १८:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा