Play

खुल्ला भेट्रान्स भलिबल प्रतियोगितामा च्याम्पियन बन्यो ‘एपीएफ’ टिम , गल्कोट दोश्रो

भलिबल सहित अन्य खेलको बिकास गर्ने र नयाँ पुराना खेलाडी संगठित गर्न युनाईटेड किंग्स क्लब गठन


गुरुकुल खबर


पोखरा, नेपालको राष्ट्रिय खेल भलिबल सहित अन्य विभिन्न खेलहरुको बिकासमा योगदान गर्ने अनि पुराना र नया खेलाडीहरुलाई संगठित गर्ने उद्धेश्यले गठन गरिएको युनाईटेड किंग्स क्लबले संस्था स्थापनाको छोटो समयमा नै पोखरामा प्रथम खुल्ला भेट्रान्स भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।

गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका १६ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा शशस्त्र प्रहरीको  एपीएफ भलिबल टिम प्रथम र बाग्लुंगको गल्कोट भलिबल टिमले दोश्रो स्थान प्राप्त गरेका थिए। प्रतियोगितामा एपीएफले गल्कोट टिमलाई २५ -१७ र ३४ -३२ को सोझो सेटमा पराजित गरेको थियो । प्रथम र दोश्रो स्थान प्राप्त गरेका एपिएफ र गल्कोट टिमलाई क्रमश: ४० हजार र २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफका कृष्ण गाहा मगर, उत्कृष्ट  स्पाइकर गल्कोटका टेक बहादुर गुरुङ र उत्कृष्ट सेटर एपीएफका मिलन रानालाई घोषित गरिएको थियो ।

शुक्रबारबाट शुरु भएको प्रतियोगिता अन्तर्गत पहिलो चरणमा पोखरा भेट्रान्सले पोखरा-२० मोहरिया टिमलाई , गल्कोटले ब्यास, तनहुँ टिमलाई, जीएम ब्रदर्स टिमले बिश्वकर्मा समाजलाई , आयोजक ए ले धौलागिरी टिमलाई, पराजित गरेका थिए भने एपीएफले शुकला गण्डकी टिमलाई, लामाचौर ए ले भिमाद-११ टिमलाई, आँधिखोला हंगकंगले आयोजक बि टिम लाई र हरिनास भेट्रान्सले छन्त्याल भेट्रान्सलाई पराजित गरेका थिए ।

प्रतियोगिता अन्तर्गत दोश्रो चरणमा गल्कोट टिमले आयोजक ए टिमलाई तथा एपीएफ टिमले आँधिखोला हंगकंग टिमलाई पराजित गरेर गल्कोट टिम र एपीएफ टिम फाइनलको यात्रा तय गरेका थिए। फाइनल खेल अन्तर्गतको पहिलो खेलमा एपीएफले २५ -१७ को सेटमा सजिलै पराजित गरेको भएपनि दोश्रो खेल भने अत्यन्त प्रतिष्पर्धात्मक बनेको थियो। उक्त खेलमा दुवै टिमबीच कडा प्रतिष्पर्धा भएको थियो जस अनुसार एपीएफले गल्कोटलाई ३४ -३२ को स्कोरमा हराएको थियो ।

शनिबार खेल भैरहेको बेला भारी वर्षा भएपछि १ घण्टा भन्दा बढी समय खेल रोकिन पुगेको थियो तर अपरान्ह वर्षा रोकिएपछि भने खेलले निरन्तरता पाएको थियो । पोखराको नदीपुर नजिक रहेको छन्त्याल समाजको भलिबल कोर्टमा उक्त प्रतियोगिता भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकाश बरालले बिजयी टिमसहित अन्यलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । त्यस अबसरमा बोल्दै बरालले भलिबल खेलको बिकास गर्ने उद्धेश्यले गठन गरिएको क्लबले छोटो समयमा रचनात्मक काम गरेको बताउंदै पोखरा क्षेत्रमा खेलको विकास गर्न निजि क्षेत्रको भूमिका महत्वपुर्ण रहेको बताए।

युनाईटेड किंग्स क्लबका अध्यक्ष धिरज गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा कास्की जिल्ला भलिबल संघका अध्यक्ष बिष्णु गुरुङ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एबम नेपाली काँग्रेसको केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुली, नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ गण्डकी प्रदेशका अध्यक्ष जीतबहादुर गुरुङ, कार्यक्रम संयोजक थमन गुरुङ क्ल, क्लबका सचिब अशोक थापा र संचारकर्मी बिराज शर्मा लगायतले आआफ्नो भनाई राखेका थिए।

युनाइटेड किंग्स क्लब पोखरा लगाएत गण्डकी प्रदेशका अन्य जिल्लाका पुराना र नया खेलाडीहरु संगठित भएर बनाइएको क्लब हो क्लबको अध्यक्षमा भलिबलका पूर्व राष्ट्रिय खेलाडी धिरज गुरुङ अध्यक्ष रहेका छन् भने ११ जनाको कार्यसमिति र अन्य १२ जना साधारण सदस्यहरु रहेका छन ।युवाहरुलाई एकताको सुत्रमा बाँधेर खेलकुद र देशको बिकासमा सकारात्मक योगदान गर्ने लक्ष संस्थाले राखेको छ।

संस्थाको उपाध्यक्षमा अशोक गुरुङ, सचिबमा अशोक थापा, कोषाध्यक्षमा कुमार गुरुङ, कार्यक्रम संयोजकमा थमन गुरुङ तथा सदस्यहरुमा बुद्द सिंह, शिब केसी, सुजन गुरुङ, निर्मल राना, बिशाल गुरुङ, काजी गुरुङ, कृषसिंह ठकुरी, ईक्ष्या गुरुङ, बिनोद चन्द ठकुरी,शिब गुरुङ, हर्क घोताने, सुमन परियार,मनोज खड्का, जीबन गुरुङ र कमल थापा रहेका छन ।

१९ जेष्ठ २०८१, शनिबार २३:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा