पोखरा, देशका विभिन्न स्थानमा रहेका सहकारीबाट अरबौं रुपैया ठगि र अपचलन हुँदा पनि छानबिन समिति गठन गर्न नमान्ने गृहमन्त्री रबि लामिछानेको बिरुद्द एबम गिरिबंधु टी स्टेटको जग्ग्गा प्रकरणको छानबिन गर्न र गण्डकी प्रदेशमा अदालतको आदेश बिपरित प्रदेश सभा बोलाउने, विभिन्न नियुक्ति सहित बजेट बाँड्ने काम मुख्य मन्त्री खगराज अधिकारीले गरिरहेको बिरोधमा बिहिबार पोखरामा पनि प्रदर्शन गरिएको छ।
नेपाली काँग्रेसको भात्री संस्था नेपाल बिद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस इकाइ समितिको आयोजनामा मशाल जुलुस सहित प्रदर्शन गरिएको थियो जुलुसका सहभागी बिद्यार्थीहरुले विभिन्न नाराबाजी समेत गरेको प्रदर्शनमा सहभागी बिद्यार्थी नेता ऋषिकेश चालिसेले गुरुकुल खबरलाई जानकारी दिए ।
नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्यहरु संस्कार कोइराला र संजय आलेसहित संघको पृथ्वीनारायण क्याम्पसका सभापति सुशील न्यौपानेसहितको नेतृत्वमा भएको जुलुस सहितको प्रदर्शन क्याम्पस गेटबाट शुरु भएर नदीपुर स्थित प्रदेश सभा कार्यालय अगाडी पुगेर पुन क्याम्पस गेट पुगेर समापन भएको थियो।
त्यस क्रममा प्रहरीसंग सामान्य झडप भएको र झडपको क्रममा नेविसंघ इन्जिनीयरिंग क्याम्पस लामाचौरका नेता सौगात पण्डित घाइते भएको बुझिएको छ झडपमा प्रहरी तर्फ पनि दुई जनालाइ चोट लागेको बुझिएको छ ।