Play

पोखराका अग्रज स्वास्थकर्मी चेत गुरुंगको निधन

गुरुकुल खबर


पोखरा । पोखरास्थित फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । निमोनियाबाट ग्रसित गुरुङको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा बुधबार बिहान निधन भएको हो । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण गरिएको थियो ।

२०१६ सालमा गुल्मीको गैढुंगामा जन्मिएका गुरुङ हाल पोखरा १० रामघाटमा बस्दै आएका थिए । उनको परिवारमा  श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ रहेका छन् ।

गुरुङले पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रमुख भएर ३० वर्ष काम गरेका थिए । रक्तसंचार केन्द्रको शुरुवातका चुनौतीपूर्ण दिनमा गुरुंगले काम गरेको जानकारी दिंदै नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माले गुरुङ सरल, मेहनती र मिलनसार व्यक्ति भएको उल्लेख गरे ।

गुरुङ हाल फेवा एमआरआइका अध्यक्ष थिए भने रोटरी क्लब अफ अन्नपूर्णमा समेत आवद्ध थिए । गुरुङ संस्थापक भएर पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सञ्चालनमा आएको थियो ।

फेवासिटी एमआरआइका निर्देशक दिनेशबाबु खड्काका अनुसार गुरुङको अन्त्येष्टि बिहिबार दिउसो गरिएको छ ।

यसै बीच गुरुङको निधनप्रति पोखरा महानगरका प्रमुख धनराज आचार्यले दुख ब्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘निशब्द !! फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर पोखराका संचालक एवं संचालक समितिका नि.अध्यक्ष हाम्रा प्रिय मित्र चेत गुरुङ्गज्युको उपचारका क्रममा असामयिक निधन भएको खबरले स्तब्ध भएको छु । प्रिय चेत सर तपाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु ।’

 

१० जेष्ठ २०८१, बिहीबार १८:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा