Play

पोखरा- २४ कास्कीकोटका एमाले कार्यकर्ताहरु कांग्रेसमा प्रवेश

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २४ ले वडा तहमा संगठन बिस्तार एबम सुदृढीकरण गर्ने उद्धेश्यले कार्यकर्ता भेला सहित पार्टीमा प्रवेश गर्ने नयाँ सदस्यको लागि स्वागत एबम सम्मान कार्यक्रमको आयोजना गरेको छ । नेपाली काङ्ग्रेस पोखरा महानगर वडा नं २४ का सभापति प्रताप कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा रहेका थिए ।

प्रदेश सभापति शर्माले सो अबसरमा नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्ने विभिन्न ब्यक्तिहरुलाइ नेपाली काँग्रेसको सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले नेपाललाई निकास र बिकास दिने एक मात्र पार्टी नेपाली काग्रेस भएकाले सकृय रुपमा पार्टीमा योगदान दिन कार्यकर्ताहरुलाई आग्रह गरे।

त्यस क्रममा अनेरास्ववियुका कास्की जिल्ला सदस्य जीवन बहादुर अधिकारी, युबासंघ पोखरा २४ का अध्यक्ष तिर्थ बहादुर अधिकारी, सोही वडाका  बाबुराम तिमल्सिना , निशा तिमल्सिना , नारायण परियार, बिष्णुमाया परियार, मनोज गौतम र  नवीन बस्ताकोटि लगायतका एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एबम पोखरा २४ का वडा अध्यक्ष भरत बहादुर अधिकारी , महाधिवेशन प्रतिनिधि एबम गण्डकी प्रदेश प्रबक्ता माधव प्रसाद बास्तोला, नेपाली काङ्ग्रेस नेता एबम गणेशमान फाउन्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिना लगायतले शुभकामना मन्तब्य राख्नुको साथै कांग्रेसले जनताको समस्या र आवाजलाई बोल्नुपर्नमा जोड दिएका थिए ।

कार्यक्रममा स्वागत  मन्तब्य काङ्ग्रेस पोखरा – २४ का उपसभापति देबिलाल अधिकारी र कार्यक्रमको संचालन सचिब चन्द्रेश्वर बस्ताकोटीले गरेका जानकारी नेविसंघका केन्द्रीय सदस्य महादेव गिरिले गुरुकुल खबरलाई दिएका छन।

६ जेष्ठ २०८१, आईतवार १६:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा