Play

पोखराका तरुण नेता त्रिपाठीको निधन, कांग्रेस नेताहरु भन्छन – पार्टीलाई ठुलो क्षति पुग्यो

गुरुकुल खबर


पोखरा, नेपाल तरुण दल कास्की क्षेत्र न. ३ का पूर्व अध्यक्ष एबम तरुण बिभाग गण्डकी प्रदेशका सदस्य कृष्ण प्रसाद त्रिपाठीको हालै निधन भएको छ। पोखरा महानगरपालिका – २५  घर भएका त्रिपाठी नेपाली काँग्रेसमा लामो समय देखि क्रियाशील थिए। उनि केहि वर्षदेखि मुटुको समस्याबाट पिडित थिए पछिल्लो समय मुटुको दुवै भल्भमा समस्या आएपछि उनलाई थप उपचारको लागि भारत समेत लागिएको थियो तर उपचारको  क्रममा उनको निधन भएको हो ।

स्व. त्रिपाठीकी श्रीमती लक्ष्मी त्रिपाठी पनि नेपाली काँग्रेसमा क्रियाशील छिन । उनि नेपाली काँग्रेसको पोखरा महानगरपालिका वडा न. २५ कार्यसमितिकी सदस्य हुन। त्रिपाठीका दुई छोराहरुपनि नेपाली काँग्रेसका क्रियाशील सदस्य रहेका छन। जेठा छोरा संजय त्रिपाठी केहि वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन भने कान्छा छोरा सन्देश त्रिपाठी बैंकिंग क्षेत्रमा कार्यरत छन।

यसैबीच त्रिपाठीको निधन भएकोमा नेपाली काँग्रेस पोखरा -२५ कार्यसमितिले शनिबार उनको निवाश पोखरा -२५ हेम्जामा श्रद्धान्जली सभाको आयोजना गर्यो ।

श्रद्धान्जली सभामा  बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व त्रिपाठीले नेपाली काँग्रेसमा रहेर सदैब क्रियाशीलता देखाएको र उनमा रहेको उर्जा परिवारका सदस्य सहित कांग्रेसका युवाहरुमा आउनसके कांग्रेस अझै बलियो हुने बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले त्रिपाठीसंगै आफुले सहकार्य गरेको र नेपाली काँग्रेसले एक कुशल र निडर संगठक तथा सामाजिक कार्यकर्ता गुमाउनुपरेको बताए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति एबम गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले पार्टीमा रहंदा त्रिपाठीको क्रियाशीलता सबैको लागि प्रेरणादायक रहेको बताए।

नेपाली काँग्रेसका महासमिति सदस्य शोभियत बहादुर अधिकारीले पार्टीका कार्यकर्ताहरु बिरामी पर्दा पार्टीले सहयोग नगर्ने प्रवृति कायम रहेको भन्दै त्यस्तै कारणले त्रिपाठीलाई पार्टीले गुमाउनु परेको बताए । उनले श्रद्दान्जली सभाको नाममा कर्मकाण्डी कार्यक्रम गर्नुभन्दा जीवित अबस्थामा नै कार्यकर्ताको दुख पार्टीले बुझ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र त्रिपाठीले स्व त्रिपाठी पार्टीको हरेक क्रियाकलापमा सदैब सक्रिय रहँदै आएको भन्दै उनको निधनले परिवारसहित पार्टी र विभिन्न संघ संस्थामा ठुलो क्षति पुगेको बताए।

नेपाली काँग्रेस पोखरा -२५ का कार्यबाहक सभापति दानबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस कास्की -३ का सभापति मनोज गुरुङ, नेपाल तरुण दलका पूर्व अध्यक्ष दिवसमान प्रधानाङ्ग, नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्र बिजुक्छे, पोखरा -२५ का वडाध्यक्ष मोतीराम तिम्सेना र पार्टीको वडा कार्यसमितिका सचिब सन्तमान श्रेष्ठ लगाएतले आआफ्नो  भनाइ राख्दै स्व त्रिपाठी राजनीतिक मात्र नभएर सामाजिक एबम ब्यबसायिक रुपमा क्रियाशील व्यक्तित्व रहेको कुरामा जोड दिएका थिए।

उक्त कार्यक्रममा स्व त्रिपाठीका छोरा सन्देश त्रिपाठीले पनि आफ्नो भनाई राखेका थिए ।

२९ बैशाख २०८१, शनिबार १९:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा