Play

कांग्रेसकी संघिय सांसद कुशुम र शिक्षक संघकी केन्द्रीय उपमहासचिव सितालाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसकी नेत्री एबम संघीय सांसद कुशुम थापा मगर र नेपाल शिक्षक संघकी केन्द्रीय उपमहासचिव सिता थापामगरलाई मातृशोक परेको छ । सांसद थापाकी आमा चन्द्रकला थापाको ८९ बर्षको उमेरमा हालै निधन भएको हो।  पर्बत जिल्ला महाशिला गाउपालिका -४ पाखापानी बाट ६/७ वर्ष अगाडी पोखरा महानगरपालिका -१४ मा आएर बस्दै आएकी चन्द्रकला थापाको स्वास्थ अवस्थामा पछिल्लो समय समस्या देखिएको र उपचारको क्रममा काठमान्डूस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो।

स्व. थापाका दुई छोरा र तिन छोरी रहेका छन । जेठा छोरा बल बहादुर थापा पूर्व भारतीय सैनिक हुन ।उनि पोखरामा नै बस्दै आएका छन् भने कान्छा छोरा नन्द बहादुर थापामगर हंगकंगमा बस्दै आएका छन। उनि हंगकंग मंच पर्वतका कोषाध्यक्ष हुन।

तिन छोरीहरु मध्ये जेठी छोरी सिता थापा मगर नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको केन्द्रीय उपमहासचिव हुन। उनि पोखरा महानगरपालिका -१ स्थित रत्ना आधारभूत बिद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत छिन। माइली छोरी कुसुम थापामगर समानुपातिक तर्फबाट नेपाली काँग्रेसको  संघिय सांसद छन । कान्छी छोरी सावित्री देबी थापा अमेरिकामा बस्दै आएकी छन ।

यसैबीच शनिबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेशका सांसद प्रकाश बराल, नेपाली काँग्रेसका महासमिति सदस्य ऋषिराम काफ्ले, नेपाली काँग्रेस कास्कीका सहसचिब शंकर ढुंगाना र नेपाली काँग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार बिभागका सदस्य गंगाधर पराजुली सहितको टोलि थापाको निवास पोखरा -१४ मा पुगेर स्व. थापा प्रति श्रद्दान्जली प्रकट गर्नुको साथै परिवारजनमा समबेदना प्रकट गरेको छ ।

थापाको निधन पछी नेपाली काँग्रेस केन्द्रीय कार्यालयको तर्फबाट र पार्टीका महामन्त्री गगनकुमार थापाले छुट्टाछुट्टै शोक बिज्ञप्ती जारी गरि स्व. चन्द्रकला थापाप्रति श्रद्दान्जली र सांसद कुशुम सहित परिवारजनमा समबेदना प्रकट गरेका छन।  यसैगरी संघिय सांसद प्रतिमा गौतम र नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा सहित नेपाली काँग्रेस र नेपाल शिक्षक संघ लगाएत विभिन्न भात्री एबम शुभेक्षुक संस्थाका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरु थापाको निवासमा पुगेर आमाको आत्माको चीरशान्तिको कामना सहित परिवारजनमा समबेदना प्रकट गरेको माइली छोरी कुशुम थापाले गुरुकुल खबरलाई जानकारी दिईन ।

२९ बैशाख २०८१, शनिबार १७:४८ मा प्रकाशित
Nabintech