Play

चापाकोट सेवा समाजकी आजिबन सदस्य बिजमाया गुरुङलाई मातृशोक

गुरुकुल खबर


पोखरा, चापाकोट पोखरा सेवा समाजकी आजिबन सदस्य एबं चापाकोट क्षेत्रकी सामाजिक कार्यकर्ता बिजमाया गुरुङलाई मातृशोक परेको छ। विसं १९८७ असोजमा जन्मिएको उनकी आमा श्रीमती जमुना गुरुंगको ९४ बर्षको उमेरमा हालै निधन भएको हो । उमेर र स्वास्थमा समेत समस्या देखिएको कारण उनको मृत्यु भएको चापाकोट पोखरा सेवा समाजका अध्यक्ष विशेश्वर पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।

हाल पोखरा महानगरपालिका वडा न २३ मा पर्ने चापाकोटको मार्गी निबाशी स्व. जमुनाका श्रीमान सन्तबहादुर गुरुंगको केहि वर्ष अगाडी नै निधन भएको थियो । स्व. जमुना र सन्तबहादुरका ५ छोराहरु पुर्खबहादुर गुरुङ, सुक बहादुर गुरुङ, क्या. प्रेमबहादुर गुरुङ, सु. लालकाजी गुरुङ र ह. हितकुमार गुरुङ रहेको र सुकबहादुर गुरुंगले लामो समय स्थानीय मार्गी प्राविमा शिक्षक रहेर काम गरेको चापाकोट पोखरा सेवा समाजका सल्लाहकार भेषराज पराजुलीले जानकारी दिए ।

स्व. जमुनाका छोरीहरुमा टीकाश्री गुरुङ, बिजमाया गुरुङ, सुनिता गुरुङ, र कल्पना गुरुङ रहेका छन । बिजमाया गुरुङ आफ्ना छोरा छोरीहरु संगै हाल बेलायतमा बस्दै आएकी छन् उनि नेपाल आउँदा विभिन्न संघ संस्थाहरुलाई सहयोग समेत गर्ने गरेकी छन।

यसैबीच स्व जमुनाको गुरुङ परम्परा अनुसार अर्घो समेत सम्पन्न गरिएको छ । अर्घोमा चापाकोट पोखरा सेवा समाजका पदाधिकारी र सदस्यहरु पुगेर स्व जमुना प्रति श्रद्धान्जली र परिबारका सदस्यहरुमा समबेदना प्रकट गरेको समाजका सचिब दिपक पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।

 

१४ बैशाख २०८१, शुक्रबार १८:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा