Play

पोखरा -२६ मा बिद्यालयको जग्गा व्यक्तिको नाममा, स्थानीय सहित एमाले र स्वतन्त्र पार्टीको बिरोध

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न २६ स्थित अमरज्योति गाउँफर्क आधारभूत बिद्यालयको संरक्षणमा रहेको कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना जग्गा राष्ट्रिय भूमि आयोग कास्की र वडाको मिलेमत्तोमा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै चौतर्फी बिरोध शुरु भएको छ। बिद्यालयको नाममा सेतो पुर्जा रहेको जग्गा महानगरको वडा न २६ को सिफारिसमा भुमि आयोगले व्यक्ति बिशेषको नाममा दर्ता गरिदिएको भन्दै स्थानीय बासिन्दाहरुले समेत बिरोध र असन्तुष्टि प्रकट गरेका छन।

“अहिले भुमि आयोगले वडा कार्यालय संग मिलेर जुन व्यक्तिको नाममा जागा दर्ता गरिदिएको छ निजको परिवारको नाममा २०५२ सालमा पनि ९ रोपनी जति जग्गा सुकुम्बाशी आयोगको नामबाट दर्ता गरिएको थियो तर उक्त  जग्गा परिबारका केहि सदस्यको नाममा बांडफांड गरिएको र केहि जग्गा बिक्रि गरेर अहिले फेरी वडा कार्यालय र भुमि आयोगको मिलेमतोमा स्कुलको नामको जग्गा दर्ता गरियो” स्थानीय एक युवाले गुरुकुल खबर संग भने। उनका अनुसार उक्त जग्गा भिम बहादुर बिकको नाममा दर्ता गरिएको छ ।

मालपोत कार्यालय कास्कीले २०८० साल चैत्र १ को निर्णय भन्दै चैत्र ५ गते बिकको नाममा जग्गाधनि पुर्जा दिएको छ ।

यसैबीच बिद्यालयले भोगचलन गर्दै आएको उक्त जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै स्थानीय राजनीतिक दल र विभिन्न क्षेत्रबाट समेत बिरोध शुरु भएको छ।नेकपा एमालेको वडा समितिको तर्फबाट कार्यबाहक अध्यक्ष मिना श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट वडा सभापति बैकुण्ठ बराल लगायतले बिज्ञप्ति जारी गरेर बिरोध जनाएका छन। नेपाली कांग्रेसको तर्फबाट औपचारिक रुपमा बिज्ञप्ति जारी नगरिएको भएपनि स्थानिय एक कांग्रेस कार्यकर्ताले स्कुलको जग्गा व्यक्तिको नाममा दर्ता हुनु दुखद भन्दै उक्त निर्णय तत्काल सच्चिनुपर्ने बताए ।

नेकपा एमाले पोखरा महानगर समितिका अध्यक्ष दिलिप नेउपानेले पनि बिज्ञप्ति जारी गरेर बिद्यालयको नाममा सेतो पुर्जा भएको जग्गा कुनै अमुक व्यक्तिको नाममा सारिनु खेदजनक भएको हुँदा विद्यालयलाई नै जग्गा फिर्ता गर्न र यस घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन।

हाल भुमि आयोग खारेज भएको भएपनि तत्कालिन अबस्थामा आयोगको अध्यक्ष नेकपा माओबादी केन्द्रका गङ्गा पोखरेल रहेका थिए भने पोहर महानगरपालिका -२६ को वडाध्यक्षमा नेपाली काँग्रेसका नरेन्द्र थापा रहेका छन। यस सम्बन्धमा वडाध्यक्ष थापा र आयोगका तत्कालिन अध्यक्ष पोखरेलको प्रतिक्रिया भने अझै सम्म सार्बजनिक भएको छैन ।

१२ बैशाख २०८१, बुधबार ०८:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा