Play

त्रिबिमा प्रचण्ड र ओलीको हस्तक्षेप बिरुद्द बोल्यो ‘प्रजातान्त्रिक बिचार समाज’

गुरुकुल खबर


काठमाडौँ, लोकतान्त्रिक संस्कार र पद्दतिको बिकास र प्रबर्दनको लागि विभिन्न पेशामा संलग्न बुद्दिजिविहरुको संस्था प्रजातान्त्रिक बिचार समाज नेपालले त्रिभुवन बिश्वबिद्यालय लगायतका प्राज्ञिक क्षेत्रमा राजनीतिकरण संगै दलियकरण र थप कमुनिष्टकरण गर्ने कुत्षित उद्देश्य नराख्न नेपाल सरकार र सत्तारुढ गठबन्धन दलका नेताहरुलाई चेतावनी दिएको छ ।

प्राज्ञिक संस्थाहरुलाई राजनीतिक र दलीय हस्तक्षेपमुक्त बनाउनुपर्ने मान्यता एबम जनमत बिरुद्द प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धन दलका प्रमुख रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वबिद्यालयको रेक्टर र रजिष्टार नियुक्ति प्रक्रियामा गरेको हस्तक्षेपको समाजले कडा शब्दमा बिरोध गरेकोछ  ।

समाजका महासचिब डा बाशुदेव भण्डारीद्वारा हस्ताक्षर् गरि जारी बिज्ञप्तिमा माओबादी केन्द्रका अध्यक्ष एबम  प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले उपकुलपति डा केशरजंग बराललाई दिएको दवाब र हस्तक्षेप अनैतिक,अख्तियारको दुरुपयोग र शुसासन बिरोधि निर्लज्ज कदम रहेको ठहर गरिएको छ ।

बिज्ञप्तिमा प्राज्ञिक स्वयतत्ता कायम गर्नुपर्ने,र विश्वबिद्यालयहरुलाई दलीयकरण र राजनीतिकरण गर्नुहुन्न भन्ने बिद्यार्थी संघ संगठनहरु, नागरिक समाज एबम बौद्दिक वर्ग सबै गम्भीर बन्न र सचेत रहन आग्रह समेत गरिएको छ । साथै उपकुलपतिको बैधानिक अधिकार र स्वायत्तताको पक्षमा प्रजातान्त्रिक बिचार समाजको समर्थन अविच्छिन्न रहेको समेत बिज्ञप्तिमा उल्लेख छ  ।

२५ चैत्र २०८०, आईतवार १९:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा