Play

गरगहना र सम्पत्ति लुट्ने उद्देस्यले पर्बतमा जिसी दम्पतिको हत्या गरिएको आशंका

गुरुकुल खबर


कुश्मा, पर्बत जिल्लाको जलजला गाउँपालिका-२ मल्लाजमा मंगलाबार राती सुर्यबहादुर जिसी दम्पत्तिको हत्या लुटपाट गर्ने क्रममा भएको आंकलन प्रहरीले गरेको छ।

घटनास्थलबाट हत्यामा प्रयोग भएको ठानिएको हँसिया बरामद गरेको प्रहरीले मृतक ६९ वर्षीय सूर्यबहादुर जिसीले लगाएको हातको औंठी र उनकी ६७ वर्षीया श्रीमती कमला जिसीले लगाएको सिक्री समेत चोरी भएको देखिए पछि लुटपाट गर्ने क्रममा उनीहरुको हत्या भएको हुनसक्ने आंकलन प्रहरीले गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले मृतक दम्पत्तिले लगाएका गरगहना चोरी भएको र मृतक बृद्धाको कान तथा घाँटी लगायताक ठाउँमा चोटपटक देखिएकाले उक्त हत्या लुटपाटका उद्देश्यले गरिएको हुन सक्ने बताए। तर अहिले नै एकिन गर्ने अवस्था नरहेको र हत्याका बारेमा बिस्तृत रुपमा अनुसन्धान जारी रहेको बताए।

यता गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकासराज खनालले सोधपुछका क्रममा शंकश्पद ठानिएका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको भएपनि उनीहरुको भूमिका के हो भन्ने खुलिनसकेको उल्लेख गरे।

डीआईजी खनालका अनुसार, मंगलबार नै अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहितको टोली, डाक्टरको टोली र प्राविधिक टोली परिचालन गरिएको छ । अहिले प्राविधक र म्यानुअल दुवैतर्फबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा डीएसपी खुमलाल भुसालले बताए ।

सोमबार राति ९ बजेसम्म जिसी दम्पतीको अवस्था ठीक रहेको बुझिएको छ । ९ बजेसम्म उनीहरुले आफन्तसँग फोनमा कुराकानी गरेको तर भोलिपल्ट मंगलबार बिहान जिसी दम्पतीका छोराले म्याग्दीबाट फोन गर्दा फोन रिसिभ नभएको प्रहरीले जानकारी दिएको छ। जिसी दम्पतीका एक छोरा म्याग्दीमा फेन्सी पसल सञ्चालन गर्छन् भने दुई छोराहरु कोरियामा छन् । कोरियाबाट समेत फोन गर्दा फोन नउठेपछि छिमेकीलाई खबर गरिएको थियो ।

छिमेकीहरु गएर हेर्दा दुवै मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।

‘शरीररमा चोट र निलडाम पनि छन् । जसकाकारण लाठ्ठीले हान्नेदेखि धारिलो हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिन्छ,’ डीएसपी भुसालले भने ।

दम्पतीले घरमै सानो किराना पसल पनि सञ्चालन गर्दै आएका थिए । किराना पसल भने बन्द थियो । तर दम्पती सुतेको कोठामा भने बाहिरबाट चुकुल लगाइएको थियो । स्थानीयले घर ढोका खोलेर हेर्दा दुवै जना रक्ताम्य अवस्थामा मृत भेटिएका थिए ।

२१ चैत्र २०८०, बुधबार १२:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा