Play

रास्वपाबाट को को बन्लान त मन्त्री ? लामिछानेलाई गृहमन्त्री बनाउन ओली तयार भएकै हुन् त ?

गुरुकुल खबर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्रीका लागि हानथाप देखिएको छ । उपप्रधान तथा गृह मन्त्रालयलाई बटमलाइन बनाएको रास्वपाले चार मन्त्रालयमा दाबी गरेको छ । रास्वपाले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीका लागि अगाडि सारेको छ ।

कतिपयले केहि शक्तिकेन्द्रको दबाबमा नेकपा एमालेका अध्यक्ष केपी ओली समेत रबि लामिछानेलाई गृहमन्त्री बनाउन तयार भएको बताउन थालेकाछन् ओलीको कारण प्रधानमन्त्री प्रचण्ड पनि मन्जुर भएको बताईन्छा

प्रधानमन्त्री निवास बालुवाटार स्राेतका अनुसार, २०८० फागुन २१ गते साेमबार राति ११ बजे प्रमाेद सेढाईं नाम गरेका व्यक्ति रवि लामिछानेका लागि विशेषदूत बनेर  एमाले अध्यक्ष केपी ओली निवास बालकाेट पुगे ।

प्रधानमन्त्री निवास बालुवाटार स्राेत भन्छ, यी रहस्यमय पात्र सेढाईंले रवि लामिछानेलाई गृह मन्त्रालय नै दिनुपर्ने भन्दै  एमाले अध्यक्ष केपी ओलीलाई  सहमत गराएकाले प्रधानमन्त्री प्रचण्डले दायाँ बाँया गर्न मिलेन। स्राेत भन्छ, त्यसपछि  प्रधानमन्त्री प्रचण्ड रवि लामिछानेलाई गृह मन्त्रालय नै  दिन सहमत भएका हुन् ।

रास्वपाबाट मन्त्री बन्ने अन्यमा उपसभापति डोलप्रसाद अर्याल विनाविभागीय रुपमा सरकारमा सहभागी भइसकेका छन् । बाँकी दुई मन्त्रीका लागि संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहमहामन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको नाम चर्चामा छ ।

रास्वपा स्रोतका अनुसार उपसभापति स्वर्णिम वाग्लेले प्रत्यक्ष निर्वाचितलाई मात्र मन्त्री बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका थिए । तर, सभापति लामिछानेले अर्याललाई सरकारमा पठाएर वाग्लेको प्रस्ताव लत्याइदिए । कतिपयले स्वर्णिम वाग्लेलाई अर्थमन्त्री दिन आग्रह गरेको समेत बुझिएको छ तर लामिछानेले वाग्लेलाई सरकारमा पठाउने बारेमा कुनै चासो नदिएको स्रोतले जनाएको छ।

त्यसपछि वाग्लेले समावेशितालाई हेरेर मन्त्री बनाउनुपर्नेमा जोड दिएको बुझिएको छ । स्रोतले भन्यो, ‘एक जना जनजातिलाई मन्त्री बनाउने कुरा छ । त्यसो हुँदा विराजभक्त वा सुमना श्रेष्ठमध्ये एउटा मन्त्री बन्नुहुन्छ ।’  विराजभक्त मन्त्री बनेको खण्डमा एउटा महिला सांसदलाई मन्त्री बनाउने रास्वपाको तयारी छ । जसमा पार्टीभित्र सोविता गौतमको नाम चर्चा छ ।

सुमना मन्त्री बन्दा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार मन्त्री बन्ने सम्भावना उच्च रहेको स्रोतले रातोपाटीलाई बतायो । रास्वपाले मन्त्री छनोटमा समावेशिताको विषय छलफलमा ल्याएपनि चर्चामा अहाएका नामहरु सबै बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदका छन् ।

यसअघि पनि तीन मन्त्री र एक राज्यमन्त्री बनाउदा रास्वपा बागमती प्रदेश बाहिर पुगेको थिएन । यसअघि लामिछाने, अर्याल, शिशिर खनाल र तोसिमा कार्की चारै जना बागमती प्रदेशका थिए ।

२३ फाल्गुन २०८०, बुधबार १३:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा