Play

सरकारविरूद्ध नेपाल विद्यार्थी संघको मार्चपास

गुरुकुल खबर


सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरूद्ध मार्चपास गरेको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ‘राज्य आतंकविरूद्ध’ भन्दै नेविसंघले शुक्रबार मार्चपास गरेको हो।

नेविसंघले केन्द्रीय समितिको आह्वानमा भएको मार्चपास अनामनगरदेखि सुरू भएर बालुवाटारतर्फ गएको हो। नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेकोले मार्चपास गरिएको सेतोपाटीलाई बताए।

‘सुन, एनसेललगायत भ्रष्टाचार प्रकरणमा जोडिएकालाई कारबाही नगरी आफूनिकट मान्छेको नाम आउँदा सरकार मौन बसेकोले खबरदारी गरेका हौं,’ उनले भने, ‘रोजगारी मागेका युवालाई बालकुमारीमा गोली हान्ने काम गरेकोले पनि हामीले प्रधानमन्त्रीको राजीनामा मागेका हौं।’

उनीहरूले सत्तास्वार्थमा प्रचण्ड सरकार लिप्त भएको आरोपसमेत लगाएका छन्। कांग्रेसको संस्थापनइतर समूहनिकट नेविसंघले सरकारविरूद्ध मार्चपास गरेका हुन्।

२० पुष २०८०, शुक्रबार २२:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा