Play

त्रिविको दिक्षान्तमा २६ हजार विद्यार्थी सहभागि, विश्व कृतिमान कायम

गुरुकुल खबर


काठमाडौं, आज त्रिविले दिक्षान्त समारोहमा विश्वकृतिमान कायम गरेको छ । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक संख्यामा विद्यार्थीहरूलाई दिक्षित गरेको विश्वकिर्तिमान बनाएको हो ।

दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । विश्वकीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई त्रिविले निम्त्याएको थियो ।

सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वकिर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरे । त्रिवि उपकुलपति डा. शिवलाल भुसालका अनुसार ओडब्लुआर गिनिज बुककै भगिनी संस्था हो ।

२६ हजारभन्दा बढीले दिक्षान्तका लागि फारम भरेकोमा लगभग त्यति नै संख्यामा उपस्थिति देखिएको त्रिविले जनाएको छ । यस वर्ष ७३ हजारभन्दा बढी विद्यार्थीहरु त्रिविबाट ग्राजुयट भएका थिए ।

२ पुष २०८०, सोमबार १६:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा