Play

पूर्व गृहमन्त्री खाँण रिहा

गुरुकुल खबर


काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिना जेल बसेर शुक्रबार रिहा भएका छन् । उनी नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए । खाँणले आइतबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्‍याइएको थियो ।

शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख धरौटीमा छाड्न आदेश दियो । खाँणले बैंक ग्यारेन्टी राखेका छन् । अख्तियारले साधारण तारेखमा छाड्ने निर्णय गरेको प्रवक्ता नरहरि घिमिरेले बताए ।

२९ मंसिर २०८०, शुक्रबार १८:१८ मा प्रकाशित
Nabintech