Play

प्रेम चलाउनलेलाई कुटपीट गर्ने छ जनालाई जेल सजाइँ

गुरुकुल खबर


पोखरा, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई कैद फैसला भएको छ ।

उनीहरुलाई २ वर्ष कैदको फैसला भएको र चलाउनेलाई २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको छ। प्रतिवादीहरूबाट दामासाही रूपमा यो रकम भराउनुपर्ने अदालतको फैसलामा भनिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले यो फैसला गरेको हो। अभियुक्तहरू रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुस भन्ने सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई दोषी ठहर गरी उनीहरूलाई २ वर्ष कैद र २० हजारका दरले जरिवाना हुने फैसला गरेको अदालत प्रशासनले उल्लेख गरेको छ ।

अभियुक्त दीपकराज ओझाले भने सफाइ पाएका छन्।चलाउनेमाथि ०७७ असोज २० गते नेपाली कांग्रेसनिक नेविसंघका कार्यकर्ताहरूले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए।चलाउनेले उनीहरूविरुद्ध दिएको जाहेरीका आधारमा ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको थियो।

सरकारले यो मुद्दा फैसला नहुँदै फिर्ता लिने निर्णय गरेको थियो। तर, सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउँदै जिल्ला अदालतलाई फैसला गर्न भनेको थियो।

८ मंसिर २०८०, शुक्रबार १३:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा