Play

लायन्स सेन्ट्रल गार्डनको कम्प्युटर र नेतृत्व विकास तालिम

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले क्लबको वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत १२ कक्षासम्मका विद्यार्थी भाइबहिनीलाई सञ्चालित कम्प्युटर र नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

९० घण्टे आधारभूत कम्प्युटर र तीन हप्ते उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिममा २१ जना विद्यार्थी सहभागी थिए ।

तालिम समापन समारोहमा क्लबका संस्थापक अध्यक्ष हरि भाटले सन् २०१७ देखि क्लबले पढाऔं अभियान अन्तर्गत हरेक वर्ष सामुदायिक विद्यालय अध्ययनरत भाइबहिनीलाई तालिम सञ्चालनार्थ वार्षिक एक लाख ५० हजार बजेट विनियोजना गर्दै आएको बताए ।

क्लबका अध्यक्ष तुल रानाभाटले तालिम सञ्चालनका लागि गण्डकी हाइ–टेकसँग सहकार्य गर्न पाउनु क्लबका लागि सुनौलो अवसर रहेको बताए ।

गण्डकी हाइ–टेक व्यवहारिक सीप विकास तालिम केन्द्रकी प्रशिक्षक विद्यादेवी बरालले पोखराको बगरमा रहेकोमा केन्द्रमा विगत १६ वर्षदेखि क्रियाशील प्रशिक्षकद्वारा प्रशिक्षण गराइँदै आएको जानकारी दिइन् ।

नेतृत्व विकास तालिममा सहभागी भुपेन्द्र गुरुङले आफू पहिला अगाडि गएर बोल्दा जिउ काम्ने, आँखा हेरेर बोल्न नसक्ने समस्या रहेकोमा तालिम पाएर आफूलाई निकै खुसी लागेको बताए ।

कम्प्युटर तालिममा सहभागी समीर घिमिरेले क्लबले विद्यार्थीका लागि निःशुल्क तालिम सञ्चालन गरेर राम्रो काम गरेको धारणा राखे । कार्यक्रममा नुमा गुरुङ, शुशांक बास्तोला, निराजन तामाङ, अमृत थापालगायतले अनुभव सुनाएका थिए ।

३ मंसिर २०८०, आईतवार १३:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा