Play

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

गुरुकुल खबर


पोखरा, नेपालका वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकले आगामी मंसिर महिनाको लागि नयाँ ब्याजदर बाहिर ल्याएका हुन् ।

अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। माछापुच्छे बैंकले बढाएको छ भने आधा दर्जन वाणिज्य बैंकहरुले कात्तिकको ब्याजदरलाई निरन्तरता दिएका छन्। कात्तिकको तुलनामा मंसिरमा व्याक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.३३१ प्रतिशतले घटेर ९.६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५४६ प्रतिशतमा झरेको छ।

एभरेष्ट बैंकले मंसिरको लागि ०.२२ प्रतिशतले ब्याजदर घटाएर व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

त्यसैगरी नेपाल एसविआई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.०९७ प्रतिशतले घटाएर व्याक्तिगत मुद्दति तर्फ १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दतितर्फ अधिकतम ८.९६ प्रतिशत र संस्थागततर्फ ६.९६ प्रतिशत, स्टान्डर्ड चाटर्ड बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८.९७ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

प्रभु बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। नबिल बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९.२२ प्रतिशत र संस्थागततर्फ ७.२२ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतितर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

माछापुच्छरे बैंकले निक्षेपको ब्याजदर बढाएको छ। यस बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ। हिमालय बैंकले निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले व्यक्तिगत मुद्दतितर्फ अधिकतम १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।प्राइम कमर्सियल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइन, सिटिजन्स र एनएमबि बैंकले मुद्दति निक्षेपको ब्याजदर स्थिर नै राखेका छन्।

त्यस्तै सिटिजन्स बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९.९५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ७.९५ प्रतिशत, र एनएमबि बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९.७६ प्रतिशत र संस्थागत तर्फ अधिकतम ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यी बैंकहरुले कात्तिकको दरलाई मंसिरमा पनि निरन्तरता दिएका छन्।ग्लोबल आइएमई बैंक र कृषि विकास बैंकले मुद्दति निक्षेप तर्फको ब्याजदर घटाएका छन्।

३० कार्तिक २०८०, बिहीबार १३:४८ मा प्रकाशित
Nabintech