Play

हीरक जयन्तीको तयारीमा राष्ट्रिय उच्च मावि

गुरुकुल खबर


पोखरा, पोखराको पुरानो टुँडिखेल स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय आउदो मंसिर २० गते आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ ।

आफनो ७५ औ स्थापना दिवस सगै विद्यालय हीरक जयन्ती मनाउने तयारीमा जुटेको छ । हीरक जयन्ती आउदो १ बर्षसम्म (२० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म) विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने योजना सहित विद्यालय अघि बढेको छ । हीरक जयन्तीको तयारीका लागि भन्दै विद्यालयले आउदो शनिबार अर्थात २५ कार्तिकमा विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थीहरु, पुर्व शिक्षक÷कर्मचारीहरु, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरु, पुर्व शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्यहरु सगै सरोकारवाला बिच छलफल गर्नका लागि भेला आयोजना गरेको छ ।

२५ गतेको भेलाको पुर्व तयारीका लागि बिहीबार विद्यालय व्यवस्थापन समिति, पुर्व विद्यार्थीहरु, पुर्व शिक्षक÷कर्मचारीहरु लगायतको उपस्थितीमा बैठक सम्पन्न भएको छ । बैठकमा हीरक जयन्तीका लागि २५ गतेको भेलामा पेश गर्ने विषयबस्तु, मुल समारोह समिति गठन, विभिन्न विषयगत उप समितिहरु गठन, आउदो मंसिर २० गते आयोजना गरिने प्रभात फेरी सगै एक वर्षमा के कस्ता कार्यक्रम गर्ने भन्ने सम्बन्धमा सुझाव संकलन एंव छलफल भएको थियो ।

विद्यालय वयवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शाहारा प्रधान, विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटा, शिक्षक नारायण प्रसाद चापागाई, विद्यालयका पुर्व शिक्षक शम्भु कार्की, शिक्षिका धना राणा केसी, पुर्व विद्यार्थीहरु बाबा राणा, रविन्द्र माकाजु, अशोक पालिखे, रमेश श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, विष्णु प्रसाद अधिकारी, राजु केसी, सिता गुरुङ, रोहितराज पराजुली लगायतले विभिन्न सुझाव दिएका थिए ।

बैठकमा सुझाव दिनेहरुले हीरक जयन्तीलाई महोत्सवको रुपमा मनाउनुपर्ने, हरेक महिना कम्तीमा पनि एउटा कार्यक्रम गर्नु पर्ने, २० मंसिरमा हुने प्रभातफेरीलाई भब्य बनाउन स्थानीय सगै विभिन्न संघ संस्थासंग समन्वय गर्नु पर्ने, गरिने कार्यक्रमहरु प्रभावकारी हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

२० मंसिर २००६ मा पब्लिक मिडिल स्कुलको नामबाट पोखरा ३ नदिपुरमा संचालित विद्यालयलले २००७ मा स्थाही स्कीकृती पाएसगै राजा त्रिभुवनले एक हजार दिएपछि विद्यालयको भवन निमार्णको काम सुरु भएको थियो । नदिपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय सार्नका लागि उपयुक्त जमिनको खोजी भएको थियो ।

सोही क्रममा रत्नाखर पराजुलीका सन्ततिले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा आईपुगेको हो । त्यसपछि श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबिच भवन निमार्ण सम्झौता भएको थियो । भवन निमार्णको शिलान्यास २०१३ सालमा राजा त्रिभुवनले गरेका थिए । विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकोमा चार जना उत्तिर्ण भएका थिए । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा लागु हुनु पुर्व विद्यालयको नाम नेशनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो ।

हाल विद्यालयका इसिडि देखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ । २०५४ देखि दश जोड दुईको पढाई संचालन सुरु र्भको विद्यालयका हाल ४४ जिल्लाका गरि एक हजार चार सय विद्यार्थीहरु अध्य्यनरत रहेका छन् भने ५७ जना शिक्षक, कर्मचारीहरु कार्यरत रहेको सुचना अधिकारी शिवभक्त देवकोटाले जानकारी दिए ।

 

२४ कार्तिक २०८०, शुक्रबार १५:४२ मा प्रकाशित
Nabintech