Play

चीन सरकारले दियो नेपालका भूकम्प पीडितलाई २८ करोड रुपैयाँ बरारबरको सहयोग

गुरुकुल खबर


पोखरा, चीन सरकारले जनमुक्ति सेनाका जहाजमार्फत भूकम्पपीडितका लागि पठाएका २८ करोड नेपाली रुपैयाँ बराबरका राहत नेपाल सरकारलाई पठाएको छ ।

चीन सरकारले पठाएको १ करोड ५० लाख आरएमबी अर्थात् २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पोखरामा बुझेका छन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि पोखरा विमानस्थलमा उपस्थित थिए ।

चीनले राहत सामग्रीमा उच्च गुणस्तरका ४६ सय गोटा कम्बल र कार्यालय नै चलाउन सकिने ६ सय ठूला टेन्ट पनि सहयोगस्वरुप दिएको हो । चीनले हस्तान्तरण गरेका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले शुक्रबार रातिको भूकम्प प्रभावित रुकुम र जाजरकोट क्षेत्रमा लैजाने कार्यक्रम रहेको छ ।

जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज बुधबार सबेरै बिहान पोखरा विमानस्थलमा अवतरण भएका थिए । चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ। यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।

Picture: Sudarshan Ranjit

२२ कार्तिक २०८०, बुधबार १५:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा