Play

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको निधन

गुरुकुल खबर


डोटी, डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ४ जनाको निधन भएको छ ।

कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप के आईसिंह राजमार्ग अन्तरगतको अडेउल भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा बाजुरा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका अन्दाजी ६ वर्षीया छोरा कविन्द बुढा र अन्दाजी ८ महिनाकी प्रार्थना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्तवले जानकारी दिएका छन् ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बाजुराको हिमाली गाउँपालिका–५ का २१ वर्षीया विमला मलाल, ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राज बहादुर मलाल रहेको जनाईएको छ ।

घाइतेमध्ये विमला मलालको टाउकोमा र छातीमा चोट लागेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

जीप चालक बाजुरा गौमुल गाउँपालिका–४ का २९ वर्षीय महेश बुढा प्रहरी नियन्त्रणमा रहेको सूचना अधिकारी श्रीवास्तवले बताए ।

घाइतेलाई उपचारको लागि डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको उल्लेख गरिएको छ ।

१९ कार्तिक २०८०, आईतवार ०८:२७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा