Play

हेलिकोप्टर दुर्घटनामा परेका मनाङ एयरका पाइलट सेढाइको उपचारको क्रममा निधन

गुरुकुल खबर


पोखरा, गएको असोज २७ गते सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाश सेढाईंको उपचारको क्रममा निधन भएको छ ।

भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा मंगलबार उनको निधन भएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले पुष्टी गरे ।

मनाङ एयरले क्याप्टेन सेढाईंकोको निधनले एक कुशल पाइलट तथा सक्षम व्यवस्थापक गुमाएको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनका क्रममा आगलागि भएको थियो । दुर्घटनापछि घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स अस्पताल ल्याइएको थियो ।

परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिएको थियो । त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले क्याप्टेन सेढाइँको निधन प्रति गहिरो दुःख समेत व्यक्त गरेको छ ।

शनिबार बिहान लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९ एन–एएनजे कलसाइनको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो ।

८ कार्तिक २०८०, बुधबार १५:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा