Play

इजरायमा मारिएका तीन जनाको शव नेपाल ल्याइयो

गुरुकुल खबर


पोखरा, इजरायलमा मारिएका १० नेपालीमध्ये तीन जनाको शव स्वदेश ल्याइएको छ । फ्लाई दुबईको उडानमार्फत आज बिहान चार विद्यार्थीको शव नेपाल ल्याइएको हो ।

थप शव पहिचानको काम भइरहेको तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ । ३ जनाको शव आज विहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो । उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको विमानस्थलले जानकारी दिएको छ ।

चार जनाको शव एकैपटक ल्याउने भनिएपनि एक जनाको शव भने दिउँसो १ बजे को जहाजमा काठमाडौं ल्याइने जनाइएको छ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका मध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव नेपाल आइपुगेको हो । आशिष चौधरीको शव दिउँसो १ बजे मात्रै आउने बताइएको छ ।

Pictures: Nepalkhabar

५ कार्तिक २०८०, आईतवार १२:१६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा