Play

विद्यालयको होस्टेलमा बालक मृत भेटिए, वीरेन्द्रनगर तनावग्रस्त

गुरुकुल खबर


पोखरा, वीरेन्द्रनगर नगरपालिका– ६, को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक ८ वर्षका बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन चर्किन पुगेको छ ।

घटना अनुसार घण्टाघर नजिकको उक्त होस्टेलमा गएराति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका ८ वर्षीय बालक सलाम पुलामी मृत फेला परेका हुन्। चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका पुलामी मगर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । कक्षा २ मा पढ्ने ती बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरुले विद्यालमा तोडफोड र आगजानी गरेका हुन् ।

बालकको शव आफन्तले बुझ्न मानेका छैनन् । उनीहरुले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन मानेका छैनन् । घटनास्थलको मुचुल्का गरेर शव उठाउने काम भइहरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

घटनाको छानबिन गर्नुपर्ने भन्दै आक्रोशित भिड तोडफोडमा नै उत्रिएपछि भिडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । प्रहरी र आन्दोलनकारीबीचको झडपले उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ ।
विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ । सञ्चालक समितिका केही व्यक्तिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी थापाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले दुबै घटनाको मृतक पक्षसँग छलफल भइरहेको बताए ।

१३ आश्विन २०८०, शनिबार १६:५९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा