Play

खाना पकाउने ग्याँसमा अचाक्ली मूल्य वृद्धि, प्रति सिलिण्डर एकै पटक २३५ रुपैयाँले वृद्धि

अब ग्याँसको मूल्य प्रति सिलिण्डर रु १८९५


गुरुकुल खबर


पोखरा, खाना पकाउने एलपी ग्याँसमा भारि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिण्डर २३५ रुपैयाँले मूल्य बढाएको हो ।

अन्य इन्धनमा पनि पुनः मूल्य वृद्धि हुन पुगेको छ । समायोजित मूल्यअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर अब एक हजार ८९५ रुपैयाँ कायम भएको छ। यसअघिको मूल्य १६६० रुपैयाँ थियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले उल्लेख गरेको छ ।

निगमले इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्य आएकोले सोहीअनुसार समायोजन गरिएको बताएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ पनि बढेको छ । पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले भाउ वृद्धि गरिएको छ ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार आइओसीबाट पेट्रोल र डिजेलमा क्रमशः ३ रुपैया १७ पैसा र २ रुपैयाँ ४८ पैसा मूल्य बढेर आएको छ। यस्तै ग्यासमा १८६ रुपैयाँ मूल्य बढेर बढेको हो ।

 

१५ भाद्र २०८०, शुक्रबार १३:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा