Play

चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराएर भारतले रच्यो नयाँ विश्व इतिहास, मोदीले भने : नयाँ भारतको नयाँ उडान

गुरुकुल खबर


पोखरा, भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलोपटक चन्द्रयान अवतरण गराएर विश्वमा इतिहास रचेको छ । भारत चन्द्रमामा अवतरण गर्ने चौथो र दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बन्न पुगेको छ ।

अमेरिका, तत्कालीन सोभियत संघ र चीनले चन्द्रमामा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराइसके पनि प्रकाश कम हुने दक्षिणी ध्रुव नजिकै क्षेत्रमा यान अवतरण गराउने भारत पहिलो देश हुन पुगेको छ । यानले आगामी १५ दिनसम्म अनुसन्धान गर्ने बताइएको छ । त्यहाँ रहेका खनिजहरू भविष्यको चन्द्र अभियान वा चन्द्रमामा बस्ती बनाउने विषयका लागि अक्सिजन, इन्धन र पानीको स्रोत हुन सक्ने अनुमान गरिएको छ ।

भारतीय अन्तरिक्षण अध्ययन संस्था इसरोले असार २९ मा आन्ध्र प्रदेशको श्रीहरीकोटास्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान प्रक्षेपण गरेकोमा मानवरहित उक्त चन्द्रयान–३ ले बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा ओर्लिएको थियो । भारतले १४ जुलाई २०२३ मा पठाएको चन्द्रमा मिसनको अन्तरिक्ष यानले ४० दिनमा सफल यात्रा गरेको हो । अमेरिकाको नासा र युरोपियन स्पेस एजेन्सीलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सफलताका लागि इसरोलाई बधाई दिएका छन् । नेपालबाट पनि यस्तो बधाई दिइएको छ ।

चन्द्रयान–३ को सफलतासँगै वैश्विक मञ्चको अन्तरिक्ष मिसनमा भारतको सशक्त उपस्थिति बन्न पुगेको छ । भारतले तेस्रो प्रयासपछि चन्द्रमाको यात्रामा पूर्ण सफलता पाएको छ । उक्त सफलतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरूलाई बधाई दिएका छन् । अभियानको सफलतासँगै जनस्तरमा खुसियाली मनाइएको छ । विपक्षी पार्टीहरूले पनि सफलताका लागि इसरो तथा मिसनमा संलग्न वैज्ञानिकहरूलाई बधाई दिएका छन् ।

भारतले सन् २००८ मा पहिलो पटक चन्द्रयान–१ लाई चन्द्रमामा पठाएको थियो । तर, ९५ प्रतिशत लक्ष्य हासिल गरिसकेको उक्त यानको पृथ्वीसँग अचानक सम्पर्क टुट्न पुगेको थियो । तर, उक्त मिसनले भारतलाई चन्द्रमाको कक्षसम्म भने पु¥याएको थियो । त्यसको १० वर्षपछि २२ जुलाई २०१९ मा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान–२ चन्द्रमातर्फ पठाएको थियो । तर, अन्तिम क्षणमा चन्द्रमामा ल्यान्डिङ गर्ने समयमा त्यससँग सम्पर्क विच्छेद हुन पुगेको थियो ।

७ भाद्र २०८०, बिहीबार १३:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा