पोखरा, नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गरेको छ ।
आजै बिहान ९ बजेदेखि बसेको राष्ट्रबैंकको सञ्चालक समितिको बैठकले पारित गरेलगत्तै मौद्रिक नीतिको पूर्ण पाठ वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । पछि पत्रकार सम्मेलन गरी नीति बारे थप प्रष्ट पारिएको थियो । केन्द्रीय बैंकले गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यो पत्रकार सममेलन आयोजना गरेको थियो ।
मौद्रिक नीति लचिलो ल्याइएको गभर्नर अधिकारीको दाबी छ । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउने, ब्याजदर घटाउने, ठप्पप्राय बनेको कर्जा प्रवाहलाई गतिशील बनाउने लगायतका नीतिहरु लिएको छ । यसका लागि केन्द्रीय बैंकले केही पोलिसी रेटहरु पनि चलाएको छ ।
पूर्ण पाठ :
७ श्रावण २०८०, आईतवार १६:०६ मा प्रकाशित